Rato Samachar
Sat, 13 June, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार स्वास्थ्य

रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण प्रक्रिया सुरु

सप्तरीको रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण कार्यको प्रारम्भिक प्रक्रिया सुरु भएको छ । सम्झौता अनुसार रु सात करोडमा नक्शा र भवन निर्माणसम्मको मोनिटरिङ गर्ने जिम्मा एक कम्पनीले पाएको राजविराजमा आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिका कार्यकारी अध्यक्ष डा रोहित पोखरेलले जानकारी दिनुभयो । कन्सलटेन्सीका प्राविधिकहरुको टोली सोमवारदेखि नै निर्माण स्थलमा पुगी डिपीआर लगायतको काम सुरु गरेको जनाइएको छ । यद्दपि प्रतिष्ठानको ऐन निर्माणमा ढिलाइ हुँदा निर्माण कार्य केही सुस्त देखिए पनि सम्झौता सम्पन्न भएपछि अव निर्माण कार्यले गति लिने उहाँको भनाइ छ । राजविराज नगरपालिका–१० स्थित हुलाकी राजर्मागको छेउमा नरपालिकाले उपलब्ध गराएको ६२ बिघा जग्गामा प्रतिष्ठान भवनको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) का लागि सम्झौता भएसँगै निर्माण कार्य सुरु हुने उहाँले बताउनुभयो । प्रस्तावित जग्गाको घेराबार, वातावरणीय प्रभाव मूल्याङ्कन, भूमिको अवस्था, माटोको परीक्षण लगायतको काम यसअघि नै सकाएको प्रतिष्ठान पूर्वाधार तयारी विकास समितीले डिपीआरको कामसमेत अघि बढाएको छ । तीन दिनअघि मात्र डिपीआरका लागि डिजीकोन कन्सलटेन्सी कम्पनी र रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिबीच सम्झौता सम्पन्न भएको प्रतिष्ठानले जनाएको छ । यसबारे आइतबार समितिले राजनीतिक दल, प्रतिष्ठान निर्माणस्थल आसपासका बासिन्दा, सुरक्षा निकायका प्रमुखलगायत सरोकारवालाको बैठक गरी डिपीआर सम्झौता र प्रतिष्ठान भवन निर्माणका बारेमा आवश्यक छलफलसमेत गरेको थियो । उक्त बैठकमा प्रतिष्ठान सञ्चालन गर्न प्राविधिक पक्ष र आर्थिक पक्षलगायतका विभिन्न विषयमा छलफल भएको प्रतिष्ठानका निर्देशक डा रञ्जीत झाले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । निर्देशक डा झाले डिपीआरको कामलाई दुई चरणमा विभाजन गरिएको बताउँदै पहिलो चरणमा चार महिनाभित्र नक्शा र डिजाइनको काम सम्पन्न हुने बताउनुभयो । यी चरण पार गरे लगतै संरचना निर्माणको काम सुरु हुने र तीन वर्षभित्र निर्माण कार्य सम्पन्न गरिसक्ने लक्ष्य रहेको निर्देशक डा झाको भनाइ छ । नेपाल सरकारले यस अघि नै प्रतिष्ठान निर्माणको प्रारम्भिक कार्यका लागि राजविराजमा कार्यालय स्थापना गरी रु ४० करोड बजेट विनियोजन गरेकोमा रु १० करोड प्रतिष्ठानको खातामा जम्मा भएको जनाइएको छ । हालसम्म घेराबार, वातावरणीय प्रभाव मूल्याङ्कन, माटो परीक्षण, कार्यालय व्यवस्थापन लगायतका काममा रु दुई करोड १५ लाख खर्च भइसकेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । प्रतिष्ठानको निर्माण कार्य सम्पन्न गर्न करिब रु १२ अर्ब खर्च हुने अनुमान गरिएको छ । मन्त्रिपरिषद्को २०७५ पुस २३ गतेको बैठकले राजविराजमा गणतन्त्रवादी नेता सिँहको नाममा प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको थियो । —रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हेटौंडा–४ को आयोजनामा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सय भन्दा बढी लाभान्वित

रातो समाचार संवाददाता

हेटौंडाका युवाहरुको सडकका वेवारिसे तथा घाइते कुकुरको उद्दारमा सक्रियता

रातो समाचार संवाददाता

हेटौंडा–१५ मा वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु

रातो समाचार संवाददाता

तेस्रो बागमती प्रदेश खेलकुदमा महिला फुटबल प्रतियोगिताका लागि मकवानपुरको टोली घोषणा

रातो समाचार संवाददाता

सरकारी विज्ञापन नीतिको खारेज गर्न माग गर्दै पत्रकार महासंघ मकवानपुरको जिल्ला प्रशासनमा धर्ना

रातो समाचार संवाददाता

विश्व वातावरण दिवस–२०८३ सप्ताहव्यापी कार्यक्रम सम्पन्न

हेटौंडा सिटी कलेजद्वारा स्नाकोत्तर तहमा ४ वर्षे वीवीएस निःशूल्क पढाउने घोषणा

बागमती प्रदेशका उत्कृष्ट चालक तथा सहचालकलाई यातायात मन्त्रालयको सम्मान, सबैभन्दा बढी सम्मान हुने मकवानपुरका चालक तथा सहचालक

रातो समाचार संवाददाता

विश्व वातावरण दिवसमा सर्प उद्दारकर्ता राजेश गरिबलाई सम्मान

रातो समाचार संवाददाता

किङ कोब्रोको टोकाइमा परेर हेटौंडा अस्पतालमा उपचारत राजेश गरिबलाई वार्डमा सारिँदै

रातो समाचार संवाददाता

लोकप्रिय



भर्खरै

हेटौंडा–४ को आयोजनामा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सय भन्दा बढी लाभान्वित

रातो समाचार संवाददाता

हेटौंडाका युवाहरुको सडकका वेवारिसे तथा घाइते कुकुरको उद्दारमा सक्रियता

रातो समाचार संवाददाता

हेटौंडा–१५ मा वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु

रातो समाचार संवाददाता

तेस्रो बागमती प्रदेश खेलकुदमा महिला फुटबल प्रतियोगिताका लागि मकवानपुरको टोली घोषणा

रातो समाचार संवाददाता

सरकारी विज्ञापन नीतिको खारेज गर्न माग गर्दै पत्रकार महासंघ मकवानपुरको जिल्ला प्रशासनमा धर्ना

रातो समाचार संवाददाता

विश्व वातावरण दिवस–२०८३ सप्ताहव्यापी कार्यक्रम सम्पन्न

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology