Rato Samachar
Fri, 25 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

धादिङमा हेमो डायलायसिस सेवा सुरु

धादिङ अस्पतालले आजदेखि होम डायलायसिस सेवा सुरु गरेको छ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले धादिङ अस्पतालमा निर्माण गरिएको हेमो डायलायसिस सेवा सुरु गर्दै प्रदेश सरकारले यस सेवालाई निरन्तरता दिन सहयोग गर्ने बताउनुभयो । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको आर्थिक तथा प्राविधिक सहयोगमा हेमो डायलायसिसकक्ष र सघन उपचारकक्षको निर्माण सम्पन्न गरेपछि सेवा सञ्चालनमा ल्याएको धादिङ अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा मधुकर दहालले बताउनुभयो । एकै पटकमा चार जनाको डायलायसिस गर्न सकिने भौतिक संरचना बनाएको छ । सघन उपचारकक्ष पनि साथमै तयार गरिएको छ । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयअन्तर्गत धादिङ, नुवाकोट, सिन्धुलीमा समेत डायलायसिस सेवा सञ्चालन गर्ने गरी काम भएको छ । जिल्लामै डायलायसिस सेवा सञ्चालन भएपछि नियमित डायलायसिस गराइरहेका दुई सय जनाले जिल्लामै सेवा पाउने भएका छन् । धादिङमा सञ्चालनमा आएको डायलायसिस सेवा नियमित सञ्चालन गर्न कर्मचारी अभाव भए पनि हप्तामा एक दिन सञ्चालन गरिने मेडिकल सुपरिटेण्डेन्ट डा दाहालले बताउनुभयो । कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामा, पूर्वस्वास्थ्यमन्त्री एवं प्रदेशसभा सदस्य डा रामकुमार अधिकारीलगायतले सम्बोधन गर्दै धादिङ अस्पतालको गुणस्तर बढ्दै गएकामा प्रशंसा गर्नुभयो । पच्चीस शय्याको उक्त अस्पताल हालै ७५ शय्यामा स्तरोन्नति भई सञ्चालनमा रहेको छ । –––रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

अभियन्ता नवल खड्कालाई दुई दिनमै राष्ट्रिय सम्मान

लोकप्रिय



भर्खरै

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

तीजको महत्व

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

किङ्ग कोब्रा समात्दा पश्चिम बंगालका ७४ वर्षीय वृद्ध टोकाइमा परेपछि…

राजेश गरिब

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology