Rato Samachar
Tue, 22 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

नेपालगञ्जमा भूकम्प र आगलागीको जोखिमबारे अध्ययन हुँदै

  • सहरी क्षेत्रको घनाबस्ती रहेको नेपालगञ्ज उपमहानगरपालिकाको दुई वडामा भूकम्प र आगलागीको जोखिमको अध्ययन गरिने भएको छ । सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाले उपमहानगरपालिकाको वडा नं ३ र ७ का एक हजार १०० घरमा जोखिमका कारणर घरको भौतिक अवस्थाले निम्त्याउने सङ्कटका विषयमा सर्वेक्षण गरिने नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका प्राविधिक अधिकृत शिव सुवेदीले जानकारी दिनुभयो । उक्त शाखा र युनिसेफको साझेदारीमा उपमहानगरपालिकाको समन्वयमा हुन लागेको सर्वेक्षणमा घनाबस्तीमा जोडिएर निर्माण भएका घरमा भूकम्प र आगलागीको जोखिमबारे अध्ययन गर्दै त्यसबाट बच्ने उपायका विषयमा समेत सजग गराउन कार्यक्रम सञ्चालन हुनेछ । “हामीले स्थानीय तहसँग समन्वय गरेर धेरै प्रकारका जोखिमको स्थिति पत्ता लगाउछौँ”, उहाँले भन्नुभयो । दुई सातासम्म हुने अध्ययनमा पाँच प्राविधिक जनशक्ति परिचालन हुनेछन् । उक्त परियोजनाले एक वर्षसम्म काम गर्ने बताइएको छ । घरको सर्वेक्षणका लागि नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई, निमित्त प्रमुख प्रशासकीय अधिकृत गोरखबहादुर थापा, रेडक्रसका जिल्ला सभापति गोवर्धन सिंह ‘सम्झना’ मेतको उपस्थितिमा भएको बैठकले उक्त विषयलाई अनुमोदन गरेको थियो । परियोजनाअन्तर्गत जोखिमयुक्त घरहरु पहिचान गरी नगरभित्र विपद पूर्वतयारीका लागि संरचना निमार्ण गर्न पहल गर्ने उद्देश्यका साथ स्थलगतरुपमा प्रविधिक परिचालन गरिएको उपमहानगरपालिकाका विपद् स्रोतव्यक्ति प्रकाश डिसीले बताउनुभयो । जिल्ला सभापति ‘सम्झना’ले उपमहानगरपालिकासँगको सहकार्यमा सुपर परियोजनाले शहरी विपद् जोखिम न्यूनिकरणमा उल्लेख्य भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । बातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक समिरप्रताप सिंहले घरहरुको जोखिम पहिचान भैसकेपछि बीमा कार्यक्रममलाई नगरमा लागु गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा युनिसेफ नेपालका नरेश निदालले सर्वेक्षणको महत्ववारे जानकारी गराउनु भएको थियो ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

अभियन्ता नवल खड्कालाई दुई दिनमै राष्ट्रिय सम्मान

लोकप्रिय



भर्खरै

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

तीजको महत्व

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

किङ्ग कोब्रा समात्दा पश्चिम बंगालका ७४ वर्षीय वृद्ध टोकाइमा परेपछि…

राजेश गरिब

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology