Rato Samachar
Fri, 25 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

विपद् व्यवस्थापनमा सम्पूर्ण शक्ति केन्द्रित गर्न गृहमन्त्रीको निर्देशन

  1. गृहमन्त्री बालकृष्ण खाणले यस वर्ष सूचना तथा समन्वयका कारण मनसुनजन्य विपद्का घटनामा जनधनको क्षति न्यूनीकरण भएको बताउनुभएको छ । उहाँले आगामी दिनमा पनि जनधन जोगाउन विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सम्पूर्ण शक्ति केन्द्रित गर्न निर्देशन दिनुभयो । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको अध्यक्षसमेत रहनुभएका गृहमन्त्री खाणले समितिको १४औँ बैठकमा भन्नुभयो, “पूर्वतयारीका कारण नोक्सानी घटेको छ, भविष्यमा पनि नागरिकको जीवन तथा भौतिक सम्पत्ति जोगाउन सबै निकाय परिचालन गर्नुपर्ने दायित्व रहेको छ ।” मन्त्री खाणले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई बाटो अवरुद्ध हुनेलगायत घटनामा सबै सरकारी तथा सुरक्षा निकाय एवं सरोकारवाला संस्थासँग एकीकृत रुपमा काम गर्न निर्देशन दिएको पनि जानकारी दिनुभयो । बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, सहरी विकासमन्त्री मेटमणि चौधरी, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङसहित विभिन्न मन्त्रालयका सचिव तथा सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता थियो । सुरक्षा अधिकारीहरूले उदयपुरको सप्तकोसी बाढीलगायत मनसुनजन्य विपद्का घटनाको सन्दर्भमा आफ्नो निकायले गरिरहेका कार्य तथा तयारीबारे जानकारी गराउनुभयो । विश्व खाद्य कार्यक्रमका आपत्कालीन संयोजक रतीन्द्र खत्रीले मानवीय सहायता केन्द्रमा रहेको आपत्कालीन सामग्रीको मौज्दातको अवस्था, नेपाल रेडक्रस सोसाइटीका उपनिर्देशक रुद्र अधिकारीले सप्तकोसी बाढीबाट उदयपुरको वेलका नगरपालिकाका प्रभावितलाई उपलब्ध गराइएको राहतबारे जानकारी गराउनुभयो । मनसुन प्रतिकार्य कमान्ड टोलीका संयोजक एवं गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालाले मनसुन सुरु भएपश्चात् विपद्का घटनामा परी ३५ जनाको मृत्यु भएका जानकारी दिँदै सप्तकोसीमा पानी कम भएकाले बेलका नगरपालिकाको अवस्था सामान्य हुँदै गएको बताउनुभयो । बैठकले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा रहने केन्द्रीयस्तरको विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि, २०७९ लाई स्वीकृति दिएको छ । कार्यविधि स्वीकृत भएसँगै अब प्राधिकरणले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका तत्काल गर्नुपर्ने अत्यावश्यक कार्यका लागि कोषमा रहेको रकम खर्च गर्न सक्नेछ । –––रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

अभियन्ता नवल खड्कालाई दुई दिनमै राष्ट्रिय सम्मान

लोकप्रिय



भर्खरै

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

तीजको महत्व

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

किङ्ग कोब्रा समात्दा पश्चिम बंगालका ७४ वर्षीय वृद्ध टोकाइमा परेपछि…

राजेश गरिब

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology