Rato Samachar
Fri, 25 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

मध्यपुरथिमिमा घरघर र चोकचोकमा थुप्रियो फोहोर

  1.  मध्यपुरथिमि नगरपालिकाको कार्यालय नजिकै पाटी विहार अगाडि दुई सातादेखि फोहोर थुप्रिएको छ । धेरै वर्ष फोहोर फाल्ने ठाउँको रुपमा रहेको सो क्षेत्रमा केही महिना अगाडि मात्रै सफाई गरेर नगरपालिकाले निषेधित क्षेत्रको ब्यानर टाँगेर फोहोर फाल्न मनाही गरेको थियो । नगरपालिकाको त्यो व्यबस्था एक महिना पनि टिकेन । स्थानीयले साँझ बिहान बोरा र झोलामा ल्याएका फोहोर त्यहीँ फाल्न थालेपछि नगरपालिका कार्यालयको नाकै अगाडि फोहोर थुप्रिएको छ । सम्पदा क्षेत्रको रुपमा रहेको पाटी विहार, नेपाली कांग्रेस मध्यपुरथिमि नगर समितिको कार्यालय, कांग्रेस नगर सभापतिको घरसँगै तीन सातादेखि फोहोरको डङ्गुर लाग्दा त्यस क्षेत्रमा अहिले दुर्गन्ध फैलिएको छ । एकातिर वर्षामा अविरल परेको पानीले दिनानुदिन कुहिएर गन्हाउन थालेको र अर्कोतर्फ भुस्याहा कुकुरले फोहोरका बोरा र प्लाष्टिक च्यातेर सडकमा छरपष्ट गर्दा पैदल हिँड्नेलेसमेत सास्ती भोग्नुपरेको छ । “दुर्गन्धले बस्नै नसकिने भएको छ”, स्थानीय श्यामलाल बस्यालले भन्नुभयो । स्थानीयले दैलो अगाडि जथाभावी फोहोर फाल्नु, नगरपालिकाले फोहोरको डङ्गुरको व्यवस्थापन नगर्नु र ठेक्कामा प्रतिघर मासिक रु तीन सय ५० मा फोहोर सङ्कलन गर्दै आएको निजी क्षेत्र नेप्से म्याकले जिम्मेवारी बहन नगर्दा जनताले सास्ती खेप्नुपरेको छ । उहाँ भन्नुहुन्छ, “जथाधावी फोहोर फाल्ने यहाँका जनता पहिलो दोषी हुन्, नगरपालिकाभित्रको फोहोर व्यबस्थापन गर्न नसक्ने र निजी क्षेत्रलाई फोहोर सङ्कलनलाई दबाब दिन नसक्ने नगरपालिका अर्को दोषी हो, फोहोर सङ्कलन गर्ने जिम्मा लिएर उपभोक्तासँग मासिक रकम असुल्ने नेप्से म्याक पनि दोषी हो, यहीँ फोहोरका कारण महामारी फैलिए त्यसको जिम्मेवारी कसले लिने ?” मध्यपुरथिमि नगरपालिका–५ सङ्गम कोलोनी क्षेत्रका बासिन्दा उत्तिकै पीडित छन् । यस क्षेत्रको फोहोर उठाउने जिम्मेवारी लिएको नेप्से म्याकले विगत दुई महिनादेखि नियमित रुपमा फोहोर सङ्कलन गरेको छैन । सातामा दुई दिन फोहोर सङ्कलन गर्दै आएपछि दुई महिनायता सातादेखि १० दिनमा आउने गरेपछि अहिले तीनसातादेखि फोहोर सङ्कलन गर्न नआउँदा फोहोर स्थानीयले जथाभावी फाल्न थालेका हुन् । पछिल्लो समय कुहिने र नकुहिने फोहोर छुट्याएर राखे पनि फोहोर सङ्कलन नै गर्न नआए पछि घरघरमै फोहोर कुहिएर किरा परेर दुर्गन्ध फैलिन थाले पछि जथाभावी फोहोर फाल्न थालिएको स्थानीय बताउँछन् । सङ्गम कोलोनीका विष्णुप्रसाद पराजुली नेप्से म्याकले लापर्बाही गरेको बताउनुहुन्छ । हरेक महिना पैसा लैजाने तर फोहोर नलग्ने कार्य गलत भएको भन्दै फोहोर सङ्कलनको जिम्मेवारी लिएको नेप्से म्याकले कम्तीमा कुहिने फोहोर सङ्कलन गरेर मल उत्पादन गर्ने वा डम्पिङ गर्ने व्यवस्था गर्नुपर्नेमा उपत्यकामा फोहोर उठेको छैन भन्दै जिम्मेवारीबाट पन्छिने गरेको पराजुली बताउनुहुन्छ । उहाँले भन्नुभयो, “नेप्से म्याकलाई पटक पटक फोहोर सङ्कलन गर्न आउनु भनेर फोन गरिसक्यौँ, त्यहाँका कर्मचारी उपत्यकाको फोहोर नउठी हामी लैजादैनाँै घरमै राख्नुस् भन्छन्, कुहिने फोहोरले घर गन्हाउन थालिसक्यो, भाडामा बस्नेले कहाँ राख्ने फोहोर, फोहोरको व्यवस्थापन गर्ने जिम्मेवारी नगरपालिका र नेप्से म्याकको हो, दुवै निकायले गैरजिम्मेवारीपन देखाए ।” कोठा कोठामा फोहोर, घरघरमा फोहोर, चोक चोकमा फोहोर थुप्रिदा गर्मी र वर्षा मौसमले रोगको महामारी फैलिन सक्ने मध्यपुरथिमिका चिकित्यक डा रामदास श्रेष्ठ बताउनुहुन्छ । फोहोरको उचित व्यवस्थापन चाँडै नगरे यसबाट मानवीय स्वास्थ्यमा प्रतिकूल समस्या आउन सक्ने भन्दै उहाँले सम्बन्धित निकायको ध्यान जानुपर्ने बताउनुभयो । –––रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

अभियन्ता नवल खड्कालाई दुई दिनमै राष्ट्रिय सम्मान

लोकप्रिय



भर्खरै

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

तीजको महत्व

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

किङ्ग कोब्रा समात्दा पश्चिम बंगालका ७४ वर्षीय वृद्ध टोकाइमा परेपछि…

राजेश गरिब

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology