Rato Samachar
Fri, 25 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाद्वारा एक हजार १३२ उजुरी फर्छ्योट

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले गत आर्थिक वर्ष २०७८/०७९ मा छानविनका लागि उजुरी परेकामध्ये एक हजार एक सय ३२ वटा उजुरी फर्छ्योट गरेको जनाएको छ । आयोगको हेटौँडास्थित कार्यालयमा गत आवमा एक हजार छ सय उजुरी परेको थियो । सोमध्ये एक हजार एक सय ३२ वटा उजुरी फर्छ्योट गरेको कार्यालयद्वारा जानकारी दिइएको छ । अर्थात् सो कार्यालयले उक्त अवधिमा ७० दशमलव ७५ प्रतिशत उजुरी फर्छ्योट गरेको हो । फर्छ्योट हुन बाँकी रहेका चार सय ६८ वटा उजुरी चालु आर्थिक वर्षमा जिम्मेवारी सरेर आएको बताइएको छ । सबैभन्दा बढी उजुरी बारा जिल्लाको छ भने सबैभन्दा कम सिन्धुपाल्चोक र रसुवाको उजुरी रहेको कार्यालयबाट प्राप्त विवरणमा जनाइएको छ । कार्यालयका अनुसार बारा जिल्लाका तीन सय ९१, रौतहट जिल्लाका तीन सय ७४, मकवानपुर जिल्लाका तीन सय १०, पर्सा जिल्लाका दुई सय ८६, चितवन जिल्लाका एक सय ६६, दोलखा जिल्लाका १८, धादिङ जिल्लाका १८, काभे्रपलाञ्चोक जिल्लाका १५, रामेछाप जिल्लाका ( अघिल्लो वर्षको सरेर आएको) १२, नुवाकोटका चार, सिन्धुपाल्चोकका तीन र रसुवाका तीन वटा गरी कूल एक हजार छ सय उजुरी कार्यालयमा परेको थियो । ती उजुरीमध्ये बारा जिल्लाका दुई सय ७१, रौतहटका दुई सय ८६, मकवानपुरका दुई सय २७, पर्साका एक सय ७९, चितवनका एक सय ३४, दोलखाको नौ, धादिङको नौ, काभ्रेपलाञ्चोकका सात, रामेछापका तीन, नुवाकोटका तीन सिन्धुपाल्चोकका एक तथा रसुवाका तीन वटा उजुरी फर्छ्योटभएको सो कार्यालयका सूचना अधिकारी विष्णुप्रभा सापकोटाले बताउनुभयो । सो कार्यालयमा स्थानीय तह र शिक्षातर्फका सबैभन्दा बढी उजुरी रहेको छ । मन्त्रालयगतअनुसार स्थानीय तह (सङ्घीय मामिला) का सात सय ७८ वटा, स्थानीय शिक्षा तर्फका दुई सय ८९, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय तर्फका एक सय २१, प्रदेश उद्योग पर्यटन वन तथा वातावरण (वन वातावरणतर्फ) का ९७ तथा प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयतर्फ ३९ तथा अन्य दुई सय ७६ वटा उजुरी परेको बताइएको छ । साथै कार्यालयले बितेको आर्थिक वर्षमा विस्तृत अनुसन्धानमा गएको ८७ वटा उजुरी फर्छ्योट गरेको बताइएको छ । हेटौँडाको यस कार्यालयले रौटहट, बारा, पर्सा, मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभे्रपलाञ्चोक र दोलखा गरी जम्मा ११ वटा जिल्ला हेर्दै आएको छ । रसुवा र दोलखा जिल्लालाई त्यहीँको प्रमुख जिल्ला अधिकारीलाई अधिकार प्रत्योजन गरिएको हो । –––रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

अभियन्ता नवल खड्कालाई दुई दिनमै राष्ट्रिय सम्मान

लोकप्रिय



भर्खरै

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

तीजको महत्व

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

किङ्ग कोब्रा समात्दा पश्चिम बंगालका ७४ वर्षीय वृद्ध टोकाइमा परेपछि…

राजेश गरिब

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology