Rato Samachar
Thu, 25 June, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
अर्थ-विजनेस समाचार

ऐजेरुले घट्यो आलु उत्पादन

  • ऐजेरु रोगका कारण म्याग्दीबाट निकासी हुने प्रमुख कृषि उपज आलुको उत्पादन घटेको छ । राम्चे, नागी मात्र नभएर आलु खेती हुने म्याग्दीका सबै ठाउँमा यसवर्ष उत्पादन घटेको किसानले बताएका छन् । ‘सिक्काइट्रियम इन्डोवायोमेटिकम’ नामक ढुसीबाट हुने ऐजेरुले आलुको बोट र दाना दुवैमा असर पार्छ । यसले दानालाई कालो बनाएर बिगार्छ । किसानका अनुसार यसअघि म्याग्दीको आलु खेतीमा सो समस्या देखिएको थिएन् । अन्नपूर्ण गाउँपालिका–८ राम्चेका फासबहादुर पुर्जाले गत वर्षको तुलनामा आधा कम आलु फलेको बताउनुभयो । “हुर्कने र दाना लाग्ने समयमा कीराले पात खाएर बिरुवा नष्ट गरेपछि उत्पादनमा असर पुग्यो”, उहाँले भन्नुभयो “गत सालको तुलनामा आधा उत्पादन घट्यो ।” गतसाल बीस मुरी आलु उत्पादन गरेका किसानले यसपाली आधा मात्र फलाएका बताउनुभयो । अन्नपूर्ण–८ नागीका कृष्ण पुर्जाले उत्पादनसँगै किसानको आम्दानी पनि घटेको बताउनुभयो । बजारमा माग अनुसार आलु पु¥याउन नसकिएको र आम्दानीमा असर परेको पुर्जाले बताउनुभयो । नागी राम्चेबाट वार्षिक रु दुई करोड मूल्य बराबरको आलु निकासी हुने गरेको थियो । कृषि ज्ञान केन्द्रका अनुसार म्याग्दीमा एक हजार ९५ हेक्टर क्षेत्रफलमा बर्खे र ६२० हेक्टरमा हिउँदे आलु खेती हुने गरेको छ । गत वर्ष १८ हजार १२ मेट्रिक टन बर्खे र सात हजार २७१ मेट्रिक टन हिउँदे आलु उत्पादन भएको केन्द्रको तथ्याङ्क छ । उच्च पहाडी क्षेत्रको चिसो हावापानीमा उत्पादन भएको आलु पोखरा, काठमाडौँलगायत बजार क्षेत्रमा निकासी हुने गरेको थियो । जिल्लाबाट वार्षिक रु ६ करोड बढी मूल्यको आलु निकासी हुने तथ्याङ्क छ । उत्पादितमध्ये ७० प्रतिशत अथवा एक हजार मेट्रिक टन भन्दा बढी आलु निकासी हुने गरेको हो । प्रतिकेजी रु ५० देखि १०० सम्ममा आलु बिक्री हुन्छ । व्यापारीले अग्रिम पेस्की दिएर बारीमा नखन्दै आलु खरिद गर्छन् । अन्नपूर्ण गाउँपालिकाको शिख, घार, राम्चे, हिस्तान, रघुगङ्गाको पाखापानी, ठाडाखानी, चिमखोला, कुइनेमङ्गले, कुइने मङ्गलाको हिँदी, झाँक्रीपानी, किमचौर, टोड्के, मालिकाको बिम, दिच्याम, धवलागिरिको गुर्जा, मरेनी, बेनीको भकिम्ली, डडुवा, आलु उत्पादन हुने ठाउँ हुन । कृषि ज्ञान केन्द्रका कृषिप्रसार अधिकृत गोविन्द पाण्डेले ऐजेरुका कारण आलुको उत्पादकत्व घटेको बताउनुभयो । “ब्लक, जोन र पकेट कार्यक्रमबाट आलु खेतीको क्षेत्रफल विस्तार भएकाले समग्रमा १५ देखि २० प्रतिशत उत्पादन घटेको अनुमान गरेका छौँ”, उहाँले भन्नुभयो “ऐजेरु देखिएको ठाउँमा आलुको उत्पादकत्वमा असर पुगेको छ ।” उहाँका अनुसार सो रोग पहिचान भएपछि स्थलगत रुपमा निरीक्षण, परामर्श र नियन्त्रणका लागि विषादी वितरण गरिएको थियो । सो रोग देखिएको आलुलाई बीउमा प्रयोग नगर्ने र ऐजेरु अवरोधी एनपिआइ १०६, कार्डिनल, कुफ्रिज्योति, जनकदेव, खुमल सेतो १, खुमल रातो २ आदि जातका बीउ प्रयोग गर्न कृषि प्राविधिकले सुझाएका छन् । म्याग्दीमा हाल स्थानीय सेतो, रातो जातको आलु, निलो, कार्डिनल र एमएस ४२ नामक आलु उत्पादन हुने गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिकाको ६,७ र ८ र अन्नपूर्ण गाउँपालिकाको ५, ६, ७ र ८ नम्बर वडामा गत आर्थिक वर्षदेखि व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) कार्यक्रम सञ्चालन गरेको छ । कृषि ज्ञान केन्द्रमार्फत यसअघि रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गले, अन्नपूर्ण–८ राम्चे र मङ्गलाको ३, ४ र ५ नम्बर वडामा आलुको व्यावसायिक उत्पादन केन्द्र सञ्चालन भएको थियो । गत आर्थिक वर्षदेखि मालिका गाउँपालिकाको ६ दिच्याम र ७ बीमलाई आलु ब्लक कार्यक्रममा समावेश गरिएको केन्द्रका प्रमुख किरण सिग्देलले बताउनुभयो । —रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

किङ कोब्रा उद्धारका क्रममा टोकाइपछि मृत्यु नजिक पुगेर फर्किएका राजेश “गरिब”

हर्नामाडीमा निःशुल्क वृहत् स्वास्थ्य शिविर सञ्चालन हुने

रातो समाचार संवाददाता

पेट्रोलियम डिलर्स राष्ट्रिय अध्यक्षमा मकवानपुरका इटेनीको उम्मेद्वारी दर्ता

रातो समाचार संवाददाता

युवाशक्ति निर्माणको आधारस्तम्भ : नेपाल स्काउटको सात दशकभन्दा लामो योगदान

तेस्रो बागमती प्रदेश खेलकुद, मकवानपुर सेमीफाइनलमा

रातो समाचार संवाददाता

प्लास्टिकका बोतलको सट्टा फलफूलका बिरुवा, हेटौंडामा वातावरण संरक्षणको नौलो अभियान

उत्कृष्ट पुनरागमन गर्दै हेटौंडा फुटबल एकेडेमी करैयामाई गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा

रातो समाचार संवाददाता

आयोजक करैयामाई विरुद्ध हेटौंडा फुटबल एकेडेमीको दोब्बर अग्रतामा

रातो समाचार संवाददाता

तेस्रो बागमती प्रदेश खेलकुद, महिला फुटबलमा मकवानपुर र भक्तपुरबीचको खेल बराबरीमा रोकिँदै अंक बाँडियो

रातो समाचार संवाददाता

करैयामाइ गोल्डकप फुटबलमा हेटौंडा फुटबल एकेडेमी विरुद्ध पहिलो हाफमा आयोजकको अग्रता

रातो समाचार संवाददाता

लोकप्रिय



भर्खरै

किङ कोब्रा उद्धारका क्रममा टोकाइपछि मृत्यु नजिक पुगेर फर्किएका राजेश “गरिब”

हर्नामाडीमा निःशुल्क वृहत् स्वास्थ्य शिविर सञ्चालन हुने

रातो समाचार संवाददाता

पेट्रोलियम डिलर्स राष्ट्रिय अध्यक्षमा मकवानपुरका इटेनीको उम्मेद्वारी दर्ता

रातो समाचार संवाददाता

युवाशक्ति निर्माणको आधारस्तम्भ : नेपाल स्काउटको सात दशकभन्दा लामो योगदान

तेस्रो बागमती प्रदेश खेलकुद, मकवानपुर सेमीफाइनलमा

रातो समाचार संवाददाता

प्लास्टिकका बोतलको सट्टा फलफूलका बिरुवा, हेटौंडामा वातावरण संरक्षणको नौलो अभियान

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology