Rato Samachar
Thu, 30 April, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
अन्तर्राष्ट्रिय समाचार समाज

स्पेनमा मङ्कीपक्सको दोस्रो विरामीको मृत्यु भएको पुष्टि

  • स्पेनमा मङ्कीपक्सको दोस्रो विरामीको मृत्यु भएको पुष्टि सरकारले गरेको छ । स्पेनी स्वास्थ्य मन्त्रालयले दोस्रो मृत्यु भएको मिति सार्वजनिक नगरिकन मङ्कीपक्सका कारण एक व्यक्तिको मृत्यु भएको शनिबार जनाएको हो । यूरोपमा हालै देखिएको यस प्रकोपसँग सम्बन्धित पहिलो मृत्युको घोषणा गरेको एक दिनपछि स्पेनले उक्त जानकारी दिएको हो । मन्त्रालयले भनेको छ, “कूल तीन हजार ७५० मा मङ्कीपक्स सङ्क्रमणको शङ्का गरिएको छ भने उनीहरूमध्ये १२० जनालाई अस्पतालमा भर्ना गरिएको छ र दुई जनाको मृत्यु भएको छ ।” मन्त्रालयको रिपोर्टमा थप भनिएको छ, मृतकमध्ये ‘दुई युवकहरू’ थिए र दुवै मृत्युका बारेमा थप अध्ययनहरू भइरहेका छन् ।” स्वास्थ्य मन्त्रालयको आकस्मिक तथा सचेतना समन्वय केन्द्रका अनुसार स्पेनमा कूल चार हजार २९८ जनालाई मङ्कीपक्सको सङ्क्रमण भएको हुनसक्ने प्रारम्भिक परीक्षणले देखाएको छ । मङ्कीपक्स सङ्क्रमणको दृष्टिले स्पेन विश्वकै बढी प्रभावित मुलकमध्ये एक बनेको छ । ब्राजिलले पनि गत शुक्रबार आफ्नो मुलुकमा मङ्कीपक्स सङ्क्रमित पहिलो विरामीको मृत्यु भएको घोषणा गरेको थियो । यस पहिले अफ्रिकामा मङ्कीपक्स सङ्क्रमित नागरिकको मृत्यु भएको थियो । अफ्रिकामा सन् १९७० मा पहिलो पटक पत्ता लागेको यो भाइरसले यहाँ तत्कालिन समयमा महामारीको रूप लिएको थियो । यद्यपि यस बर्ष मङ्कीपक्स सङ्क्रमित तीन जनाको नै यही समस्याका कारण मृत्यु भएको हो वा होइन अझै खुल्न सकेको छैन । विश्व स्वास्थ्य संगठनले यो प्रकोपलाई विश्वव्यापी स्वास्थ्य सङ्कटकारूपमा घोषणा गरेको छ र यो सबैभन्दा उच्च सतर्कता स्तर हो । डब्ल्यरूएचओका प्रमुख टेड्रोस आधानोम घेब्रेयससका अनुसार यस बर्ष मङ्कीपक्सका अधिकांश सङ्क्रमणहरू यूरोपमा पुष्टि भएका छन् । मे महिनाको सुरुदेखि अहिलेसम्ममा विश्वभरि देखिएको मङ्कीपक्स सङ्क्रमितमध्ये यूरोप क्षेत्रमा झण्डै ७० प्रतिशत समस्या देखिएको छ । –––रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

इन्द्रसरोबरमा पत्रकारितामा एआईको प्रयोग सम्बन्धी अभिमूखीकरण कार्यक्रम

आठौं संस्करणको बागमती गोल्डकपको उद्धाटन खेलमा अयोजक र बागमती युथ भिड्ने

मकवानपुर जिल्लामा पनि घण्टीको सुनामी

मकवानपुरमा निरन्तर भेटिँदै किङ्ग कोब्रा, उद्दारकर्ता राजेश गरिबद्वारा १० दिनमै ह्याट्रिक पूरा

रातो समाचार संवाददाता

चिन्तनको मोडमा गए नेपाली काँग्रेसको दायरा फराकिलो हुन्छः सभापति थापा

रातो समाचार संवाददाता

हेटौंडा -९ बाट राजगोमन सर्पको उद्धार

सुनचाँदी व्यवसायी संघको पद हस्तान्तरण

रातो समाचार संवाददाता

श्रम संस्कृति पार्टीले बनाइदियो घर जलेर नष्ट भएका राक्सिराङ्गका परिवारलाई नयाँ घर

रातो समाचार संवाददाता

बागमतीमा भेटियो किङ्ग कोब्रा, डेढ वर्षको अवधीमा झण्डै १० वटाको उद्दार

रातो समाचार संवाददाता

अस्मिर गोङ्गबाको उत्कृष्ट प्रदर्शनीमा हेटौंडा फुटबल एकेडेमी सूर्यनगर गोल्डकपको सेमीफाइनलमा

रातो समाचार संवाददाता

लोकप्रिय



भर्खरै

इन्द्रसरोबरमा पत्रकारितामा एआईको प्रयोग सम्बन्धी अभिमूखीकरण कार्यक्रम

आठौं संस्करणको बागमती गोल्डकपको उद्धाटन खेलमा अयोजक र बागमती युथ भिड्ने

मकवानपुर जिल्लामा पनि घण्टीको सुनामी

मकवानपुरमा निरन्तर भेटिँदै किङ्ग कोब्रा, उद्दारकर्ता राजेश गरिबद्वारा १० दिनमै ह्याट्रिक पूरा

रातो समाचार संवाददाता

चिन्तनको मोडमा गए नेपाली काँग्रेसको दायरा फराकिलो हुन्छः सभापति थापा

रातो समाचार संवाददाता

हेटौंडा -९ बाट राजगोमन सर्पको उद्धार

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology