रुपन्देहीको तिलोत्तमास्थित एक कल सेन्टरबाट रुपन्देही प्रहरीले ब्लु स्काइ बिजनेस सोलुसन प्रा.लि. नामक कल सेन्टरबाट ९ जनालाई पक्राउ गरेको छ ।
तिलोत्तमा नगरपालिका वडा नम्बर २ स्थित जानकीनगरमा एक भाडामा लिएको घरमा रहेको कल सेन्टरमा प्रहरीले छापा मारेको थियो ।
कल सेन्टरमा सयौं कम्प्युटर राखेर मोबाइल एपको प्रयोग गदै ठगी गरेको आरोपमा एक भारतीय र ८ जना नेपाली नागरिकलाईप्रहरीले नियन्त्रणमा लिएको हो ।
सर्वसाधारणलाई ठगी गरेको प्रमाणका आधारमा उनिहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

करिब ६ महिनादेखि योजनाबद्ध रूपमा लाखौँ रुपैयाँ लगानी गरेर कार्यालय स्थापना गरी ठगी गर्ने गिरोहको मुख्य व्यक्तीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सेन्टरमा कर्मचारीको रुपमा काम गरी अश्लील म्यासेज पठाउने, चिठ्ठा पर्‍यो भनी ठगी गरेको आरोपमा करिब १ सय ५० जनालाई कार्यालयभित्रै निगरानीमा राखेर कार्यालय सिल गरी उनीहरुमाथि अनुसन्धान गरेको छ ।

सर्वसाधारणको मोबाइलमा ह्वाट्सएप र फेसबुक प्रयोग गरेर ‘तपाईलाई चिट्ठा प¥यो, भन्सारमा समान आयो,’ नागरिकलाई ठग्ने गरेको पाइएको प्रहरीको भनाई छ ।​
यस घटनाको प्रहरीले गहन अनुसन्धान सुरु गरेको छ ।
बुटवलका विभिन्न कलेजमा अध्यन गरिरहेका बिद्यार्थीहरु प्रयोग गरेर सञ्चालन हुँदै आएको कल सेन्टरमा १६ देखि २२ वर्षसम्मका युवा युवतीहरु काम गरेको पाइएको हो