नेपाल कथबानिया सेवा समाज, मकवानपुरले प्रथम जिल्ला अधिवेशन २०७९ सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि मधेशी आयोगका अध्यक्ष डां बिजय कुमारदत्तले जातिको धर्म संस्कृतिको जर्गेना गर्न र एकताका लागि स्थापित समाजका लागि आफुले गर्न सक्ने साथ र सहयोगमा कुनै कमी नगर्ने बताए ।
उनले छरिएर रहेका बिभिन्न थर लेखाएका कथबनियाँहरुको हकहितमा काम गर्न र एक बनाएर राख्न सेवा समाजको महत्वपुर्ण भुमिका हुनुपर्ने बताए ।
शनिबार आयोजित कार्यक्रममा अतिथितीहरुले बोलदै बिभिन्न थर भएका कथबनिया एक हुनु आवाश्यक रहेको र नामको पछाडी थर जे भएतापनि अन्तमा कथबनियाँ लेखेर आफुलाई चिनाउन आवाश्यक रहेको बताए ।
नेपालमा आफ्नो जातिको धर्म संस्कृतिको जर्गेना गर्न र एकताका लागि लागिरहेको र सधै नै आफ्नो जात धर्म र संस्कृति सुरक्षित गर्न केन्द्रको भरपुर सहयोग रहने केन्द्रको नेतृत्व गरिरहेका प्रतिनिधहरुले प्रतिवद्धता जनाए ।
नेपाल कथबानिया सेवा समाज मकवानपुरका अध्यक्ष राजेश कुमार बनियाको सभाध्यक्षता मधेशी आयोगका अध्यक्ष डां बिजय कुमारदत्तको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पनन गरिएको हो ।
कार्यक्रममा अध्यक्ष राजेश कुमार बनियाले समाजमा छरिएर रहेका कथबनियाँलाई एक बनाई सधैभरि हक अधिकारकालागि आफु काम गर्ने बताए ।
उनले कथबानिया सेवा समाज कुनै एक जनाको नभएर सबैको साझा भएकाले काम गर्नका लागि सबैको साथ चाहिने र यसमा सबैको सहयोग पाइने विश्वास रहेको उल्लेख गरे ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाको मेयर मिना लामा, उपमेयर राजेश कुमार बानियाँ, नेपाल कथबानिया सेवा समाजका केन्द्रिय अध्यक्ष निरञ्जन कुमार दाशको विशिष्ठ आतिथ्यतामा सम्पन्न गरिएको हो ।
कार्यक्रममा जिल्ला कार्य समिति काठमाण्डौका अध्यक्ष सुरेन्द्र लाल दास, विरगंजका अध्यक्ष डा. अशोक दास,कलैयाका अध्यक्ष, राजा प्रसाद दास रौतहटका अध्यक्ष चुनचुन दास, सर्लाहीका अध्यक्ष सुरेन्द्र दास महोत्तरी जलेश्वरका अध्यक्ष विकाउ दास, धनुषा जनकपुरका अध्यक्ष विनोद दास सम्पर्क सचिव सरिता दास नेपाल भारत मैत्री संघका प्रविन मैनाली लगायतको उपस्थिति रहेको थियो ।
…………………………………………
सोहीक्रममा राजेश कुमार बनियाँको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ ।
प्रथम अधिबेशनमा बनियाँको नेतृत्वमा ११ सदस्यीय नयाँ कमिटी गठन गरेको हो । उपाध्यक्षमा सुरेश दास कथबनियाँ , सचिव बिरेन्द्र प्रसाद कथबानियाँ, सह( सचिब रामेश्वर दास,कोषाध्यक्ष सुनिल कुमार बनियाँ चयन भएका हुन् ।
त्यसतैगरि सदस्यहरुमा दिपक शाह बनियाँ,प्रमोद दास,अशोक दास,सरेन्द्र दास श्रीवास्तब, बनिया,रामेलवाल दास र दिनेश दास कथबानियाँ चयन भएका छन् ।
प्रथम अधिबेशन अघि बनियाँको नेतृत्वमा मकवानपुरको उपाध्यक्षमा अनिल कुमार बनिया, सचिवमा बिरेन्द्र प्रसाद बनिया, सह सचिवमा अनिल बनिया, कोषध्यक्षमा सुनिल कुमार बनिया रहेका थिए।
सदस्यहरुमा रामेश्वर दाश, दिनेश दाश कथबानिया, दिपक साह बनिया, रामएकबाल दाश, दिपक कुमार साह, सचेन्द्र दाश, प्रितम बनिया, पुनम बनिया,चन्द्रकला देबी र मञ्जुदेबी थिए भने केही फेरबदल भएका हुन् ।
………………………………………….
सोही कार्यक्रममा कथबानिया सेवा समाजले प्रथम जिल्ला अधिवेशन सम्पन्न गर्दै युवा युवा कमिटि गठन समेत गठन गरिएको छ ।

नेपाल कथबानिया सेवा समाज मकवानपुरका अध्यक्ष राजेश कुमार बनिया, केन्द्रिय अध्यक्ष निरञ्जन कुमार दाश सहितको रोवहरमा चयन गरिएको हो ।
कमिटिको अध्यक्षमा मुकेश कुमार वानियाँ चयन भएका छन् ।
कमिटिको उपाध्यक्ष रञ्जन कुमार वानियाँ, सचिव राजकुमार दाश वानियाँ, कोषाध्यक्ष सोनु दाश बानियाँ, सहकोषध्यक्ष बल्लुकुमार दाश बानियाँ चयन भएका हुन्।
त्यसतैगरि सदस्यहरुमा रञ्जन वानियाँ, रोशन दाश, आनन्द दाश, रवि दाश कथबनियाँ, बिवेकल कुमार दाश, जय प्रकाश दाश, सुरज श्रीवास्तव रहेका छन् ।














प्रतिक्रिया दिनुहोस्