Rato Samachar
Mon, 28 September, 2026
वि.स.
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • खेलकुद
  • चलचित्र
  • अन्रर्वार्ता
  • अर्थ-विजनेस
  • भिडियो
  • निर्वाचन
    • स्थानीय निर्वाचन
    • प्रदेश निर्वाचन
    • राष्ट्रिय निर्वाचन
  • अन्य
    • राशिफल
    • पत्रपत्रिका
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • प्रविधि
    • मनोरञ्जन
    • विचार-ब्लग
    • प्रहरी/अपराध
    • समाज
    • घटना
    • साहित्य
    • धर्म-संस्कृति
    • पर्यटन
समाचार

सुदूरपश्चिम विश्वविद्यालयको कृषि सङ्काय विद्यार्थीको रोजाइमा पर्दै

 सुदूरपश्चिम विश्वविद्यालयको कृषि सङ्काय विद्यार्थीको रोजाइमा पर्न थालेको छ । कैलालीको टीकापुरमा सञ्चालित विश्वविद्यालयको कृषि सङ्कायमा ५२ जिल्लाका १०० बढी विद्यार्थी अध्ययनरत रहेका छन् । त्यहाँ सत्र उपप्राध्यापकले पठनपाठन गराउँदै आएका छन् । चार वर्ष अघिदेखि सञ्चालन हँुदै आएको कृषि सङ्कायमा मनाङ, मुस्ताङ, ताप्लेजुङलगायत हिमाली जिल्लासँगै देशका विभिन्न क्षेत्रका विद्यार्थी भर्ना भई अध्ययन गर्दै आएको विश्वविद्यालयका कृषि सङ्कायका डिन लालप्रसाद अम्गाईले बताउनुभयो । “कृषि विषय विद्यार्थीको आकर्षणको केन्द्र बनेको छ”, उहाँले भन्नुभयो, “कृषि सङ्कायका लागि छुट्याइएको ३८० बिघा जग्गा नाममा आउन सकेको छैन, यसका लागि पहल गरिरहेका छौँ ।” कृषि विषय (कृषि र पशु)मा अहिले स्नातक तहसम्म मात्रै पठनपाठन हुँदै आएकामा आउँदो शैक्षिक सत्रदेखि स्नातकोत्तरका कक्षा सञ्चालनका लागि तयारी भइरहेको रासससँग कुरा गर्दै उहाँले बताउनुभयो । “वन विज्ञानतर्फको स्नातक तहका कक्षा सञ्चालन गर्नका लागिसमेत काम अगाडि बढाएका छौँ”, उहाँले भन्नुभयो, “वन विज्ञान र कृषि विषयको ५० प्रतिशत कोर्ष मिल्ने भएकाले सँगसँगै लैजाने प्रयासमा रहेका छौँ ।” कृषि पढ्ने विद्यार्थीलाई किसानको घरदैलोमा पठाएर ओजिटी कक्षा सञ्चालन गरी किसानलाई उन्नत खेती र प्रविधिबारे जानकारी दिने प्रयासमा लागेको उहाँले उल्लेख गर्नुभयो । कृषिको आयातलाई प्रतिस्थापन गरी निर्यातमुखी कृषि प्रणालीको विकास गर्नका लागि किसानका घरदैलोमै विद्यार्थी पठाएर उत्पादकत्व बढाउने कार्यमा लागेको उहाँको भनाइ छ । “विद्यार्थीलाई व्यावहारिक शिक्षा दिने प्रयासमा लागेका छौँ”, उहाँले भन्नुभयो, “किसानलाई सँगै राखेर शिक्षा दिइयो भने त्यसले दीर्घकालीन समयसम्म असर गर्छ, किसान देशका गहना भएकाले तिनको सम्मान गरिनुपर्छ ।” भौतिक पूर्वाधार निर्माणतर्फ विश्वविद्यालयको आफ्नै लगानीमा रु २० करोडको एकेडेमिक भवन निर्माणको काम अगाडि बढाइएको छ । भैँसीको अनुवांशिक स्रोत केन्द्र स्थापनाका लागि सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा गोठ निर्माणको कार्य गरिएको छ । घाँसखेतीसमेत गरिएको छ । रानीजमरा कुलरिया सिँचाइ आयोजनाका तर्फबाट माछा पोखरी निर्माण गरिएको छ । विद्यार्थीलाई अनुसन्धान र प्रयोगात्मक कक्षाका लागि माछापोखरीमा माछापालन गरिएको छ । आयोजनाका तर्फबाटै प्रविधि प्रचार प्रसारका लागि समेत सहयोग गरिएको कृषि सङ्कायका डिन अम्गाईले बताउनुभयो । सामाजिक विकास मन्त्रालयका तर्फबाट कुखुरापालनका लागि खोर निर्माणसँगै तरकारी घर निर्माण गरिएको छ । उहाँका अनुसार विश्वविद्यालय अनुदान आयोगको सहयोगमा कृषि र पशु पठनपाठन गर्दै आएका विद्यार्थीका लागि माटो परीक्षण प्रयोगशाला, पशु र रोगकिरा परीक्षणका लागि प्रयोगशाला स्थापना गरिएको छ । विद्यार्थीलाई अवलोकन, अध्ययन अनुसन्धानका लागि एक ठाउँबाट अर्को ठाउँमा जान र ल्याउनका लागि बसको आवश्यकता पर्ने भए पनि हालसम्म बस खरिद गर्न नसकिएको उहाँले बताउनुभयो । “आउँदो शैक्षिक सत्रदेखि वन विज्ञानको स्नातक तहमा पठनपाठनका लागि तयारी गरेका छौँ”, डिन अम्गाईले भन्नुभयो, “त्यसका लागि विभिन्न विषयका लागि जिल्लासमेत छनोट गरिएका छन् ।” उहाँका अनुसार जडीबुटीका लागि बझाङ, बाजुरा र दार्चुला, वन शिक्षाका लागि डडेल्धुराको जोगबुडा, कञ्चनपुर र कैलाली तथा वन्यजन्तुका लागि कैलालीको टीकापुर एवं घोडाघोडी क्षेत्रलाई छनोट गरिएको छ । यसका लागि पाठयक्रम निर्माण गर्ने कार्य भइरहेको छ । शिक्षा क्षेत्रमा हुने राजनीतिक हस्तक्षेप बन्द गरी स्वच्छ ढङ्गबाट विश्वविद्यालय सञ्चालनको प्रक्रिया अगाडि बढाइनुपर्ने उहाँको भनाइ छ । “पर्याप्त बजेट नहुँदा शैक्षिक गतिविधि विस्तार गर्ने कार्यसँगै भौतिक पूर्वाधार निर्माणमा निकै चुनौती छ”, उहाँले भन्नुभयो, “शिक्षा क्षेत्रको विकासका लागि तीनवटै तहका सरकारले शिक्षालाई पहिलो प्राथमिकतामा राखी बजेटको व्यवस्था गर्नुपर्छ, योसँगै विश्वविद्यालयमा दक्ष जनशक्तिको व्यवस्था गरिनुपर्छ ।”रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित थप समाचारहरु

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

मकवानपुर गढीमा भूमिहीन६परिवारलाई जग्गाधनी पुर्जा

शवबाट कानको मुन्द्रा तानेको आरोपमा २ जना पक्राउ

अनेरास्ववियु हेटौंडा नगर कमिटीको अध्यक्षमा रिजन जीसी

रातो समाचार संवाददाता

बागमतीका मुख्यमन्त्री किरण थापाले आइतबार विश्वास लिने

रातो समाचार संवाददाता

हेटौंडाका विशालराज महतलाई आरोही व्यक्ति सम्मान

रातो समाचार संवाददाता

८० औं इन्डिपेन्डेन्स फुटबल, हेटौंडाको गोल बाढीमा हाइल्याण्ड वारियर पाखा लाग्यो

लोकप्रिय



भर्खरै

महासमिति प्रतिनिधिमा कुमार गुरुङ (भण्डु)को उम्मेदवारी, जनजाति आरक्षणतर्फ चितवन–२ बाट दाबी

हेटौंडा अस्पताल सर्पदंशको उपचारमा समेत सक्रिय बन्दै

राजेश गरिब

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रमुख सचिव टिम विजयी

सडक भासिँदा अवरुद्ध सडकखण्डमा एकतर्फी यातायात सञ्चालन

तीजको महत्व

निर्माण व्यवसायी संघ मकवानपुरमा गोपालीको उम्मेदवारी, परिवर्तनको एजेन्डा अघि सार्दै

लालरत्न मिडिया प्रा.लि द्धारा सञ्चालित

Rato Samachar

सम्पर्क

Hetauda-2, Makawanpur, Bagamati Province, Nepal
ratosamachar@gmail.com
+977-9855031145, 9811136795

कम्पनी दर्ता नं.

277788/078/079

सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेश, दर्ता नं.:

00091

बागमती प्रदेशको राजधानी हेटौँडाबाट लालरत्न मिडिया प्रा. लि द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका यो हो रातो समाचार डट कम ।
हरेक प्रहर सत्य र निश्पक्ष खबर हरेक नागरिक समक्ष पुर्याउने रातो समाचार डट कमको कदम रहेको छ ।
प्रविधिले फड्को मारेको समयमा प्रविधिको प्रयोग मार्फत हरेक प्रहर सत्य र निश्पक्ष खबर नागरिकहरु समक्ष पुर्याउन र पत्रकारिताको माध्यमबाट सहिलाई सहि गलतलाई गलत भन्न हामी पछि हट्ने छैनौँ ।
हामी कसैको व्यक्तीगत होइनौ सबैको स।झा हौँ । समाचार, कला साहित्य मनोरञ्जन, बिचारका प्रस्तुती र भिडियो समाग्रीहरु पस्कने हाम्रो कर्तव्य हुने छ ।
हामीलाई सदैव तँपाईको साथ र सहयोगको अपेक्षमा छौँ । तँपाईको साथ र सहयोग हामीले पाईरहने छौँ भन्ने विश्वास पनि छ । धन्यवाद।
©2026 www.ratosamachar.com सर्वाधिकार सुरक्षित   Developed By: Sajilo Technology