हामी हाम्रो स्वतन्त्र युवा मञ्चका युवाहरुले हेटौंडा उपमहानगर ८ कमानेको श्री चन्द्रोदय उच्च मा.बि.का विद्यार्थीहरुका लागि शैक्षिक सामाग्री हस्तान्तरण गरेका छन् ।
शुुक्रबार मञ्चका युवाहरुले कक्षा १ देखि ५ सम्म अध्यनरत गरिब तथा जेहेन्दार २८ जना विद्यार्थी हरुकालागि स्कुलव्याग, कापी कलम र पेन्सिल हस्तान्तरण गरेका हुन् ।
त्यस्तैगरि कक्षा ९र १०मा अध्यनरत बिद्यार्थीहरुलाई २२० वटा सामान्य ज्ञानको पुस्तक वितरण गरेका हुन् ।
विद्यालयका प्रधानाध्यापकको सभाध्यक्षता हेटौंडा वडा नम्बर ८ वडा सदस्य गोरख रायको प्रमुख आतिथ्यमा बितरन कार्यक्रम गरिएको हो ।

बिभिन्न स्थानबाट सहयोग जुटाएर उक्त सामग्री हस्तान्तरण गरिएको मञ्चका संयोजक मदन देउलाले बताए ।
कार्यक्रममा मञ्चको तर्फबाट सुजन कार्की, पुजन कार्की, दिपु पाख्रीन, कृतन पाख्रीन, धर्मराज पुडासैनी, रोशन खनाल बिद्यार्थीहरु शिक्षक लगायतको उपस्थिति रहेको थियो ।























प्रतिक्रिया दिनुहोस्