हेटौंडा उपमहानगरमा रिर्टर्नी कृषि तथा पशुपालन कम्पनीद्वारा संचालित माइग्रेन्ट कृषि मार्ट सञ्चालनमा आएको छ ।

रोजगारीको शिलसिलामा विदेशमा बसेर सिप सिकेर फर्किएका युवाहरूको समुहले हेटौंडा उपमहानगरमा कृषि मार्ट सञ्चालनमा ल्याएका हुन् ।

वैदेशिक रोजाईमा खाडि मुलुकमा पुगेर जीवनको उर्जाशील समयको लगानी गरेका २५ जना युवाहरूले नेपालमै केही गरौं भन्दै कृषि मार्ट संचालनमा ल्याएका हुन् ।

स्वदेशमा रहेर कृषिमा योगदान पुर्याउने उद्देश्यका साथ हेटौंडा ५ स्थित पिप्लेमा संचालनमा ल्याईएको मार्टको बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेलद्धारा बुधाबार उद्घाटन गरिएको हो ।

सबै प्रकारको कृषि उपजलाई हरेक स्थानमा पुर्याई विदेशबाट फर्किएका युवाहरूलाई कृषि क्षेत्रमा आकर्षण गर्ने लक्ष्य सहित सञ्चालनमा ल्याईएको अध्यक्ष सरोज पुडासैनीले बताए ।

कृषीमा अवद्ध किसानहरुबाट उत्पादित बस्तुहरु खरिद गरिने र रदेशभर आफ्नो शाखा विस्तार गर्ने र कृषकहरुलाई बीउ, प्राविधीक जनशक्तिको लागि समेत सहयोग गर्ने बताएका हुन् ।

उनले बताए अनुसार रिटर्नि कृषि तथा पशुपालन कम्पनी संगै एकैसाथ सञ्चालनमा आएको मार्टमा व्यक्तीगत जिवनमा यपयोग हुने सम्पुर्ण सामागरुीहरु गुणस्तरिय र होलसेल मुल्यमा उपलब्ध गराईने छ ।

बिहिबार अध्यक्ष सरोज पुडासैनीको सभाध्यक्षता प्रथम मुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले मकवानपुर अध्यक्ष एकलाल श्रेष्ठ, कृषि मार्टमा कार्यरत प्रतिनिधि, सदस्यहर लगायतको उपस्थिति रहेको थियो ।