हेटौंडा उपमहानगरपालिका ४ नारायणी मलमा भुटनदेबी सुपर मार्केटको उद्घाटन् गरिएको छ ।
मानव जिवनमा उपयोग हुने बिभिन्न खाद्यपदार्थहरु हेटौंडाको नारायणी मलमै छुट सहित पाइनेगरि शुभारम्भ भएको हो ।
आज असार १५ गते देखी शुभारम्भ भएको सुपरमार्केटमा सामाग्रीखरिद गर्दा १० प्रतिशत सम्मको छुट सहितको योजना रहेको सञ्चालक नवराज आचार्यले बताए ।
बिभिन्न छुट तथा योजनाहरु सहित शुभारम्भ भएको भुटनदेबी सुपर मार्केटमा १०हजार भन्दा माथिको सामग्रीहरु खरिद गर्दा एक जनाकोलागि एन.एस. सिनेमाको हलको टिकट निःशुल्क दिइने आचार्यले बताए ।
बिभिन्न छुट तथा योजनाहरु सहित ग्राहकहरुका लागि मलको चौथो तल्लामा रहेको डाइन एन्ड वाइन रेस्टुरेन्टमा १० प्रतिशतको छुटको व्यवस्था समेत गरिएको बताएका हुन् ।
सुपरमार्केटको मेम्बर भएका ग्राहकहरुलाई तेश्रो तल्लामा रहेको कलिउड सुपर डान्स एन्ड फिट्नेस सेन्टरमा डान्स, जुम्बा, जिममा निःशुल्क भर्ना समेत गरिने आर्चाले बताए ।
असार १५ गतेदे सुपरमार्केटको सञ्चालक आचार्यको आमा पार्वतीदेबी आर्चाले उद्घाटन गरेकी हुन्।
















प्रतिक्रिया दिनुहोस्