मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा बेथिती भयो भन्दै नागरिकहरुले बिरोध सुरु गरेका छन् ।

प्रशासनको बेवास्थाका कारण टोकन लिने बेलादेखि औषधी पाउन खेप्नुपर्ने सास्ती इमर्जेन्सीको लागि घन्टौं लाइन बस्नुपर्ने बाध्यताले हेटौंडा अस्पतालमा ज्यान नै जानेचिन्ताले सताउने गरेको बिरामीका आफन्तहरु बताउने गरेपछि गम्भीर लापरवाही भयो भन्दै चौतर्फी बिरोध हुने गरेको हो ।

लाइनको कुनै गिन्ति नभएको अवस्था देखिएको छ ।अस्पतालमा बिहान ७ बजेदेखि बिरामी जांचको लागि टोकन लिन लाइन, जचाउन लाइन, बिल बनाउन लाइन, परिक्षण गर्ने ठाउँमा लाइन, फेरी बिभिन्न परिक्षण्को बिल काट्न लाइन, रिपोर्ट लिनेको अर्को लाइन , फेरी डाक्टरलाई देखाउन लाइन र अन्त्यमा औषधि लिन फार्मेसमिा लाइन बस्नुपर्छ ।

कति औषधी पाइन्छ त्यो निधो हुदैन । निजि मेडिकलमा जानु पर्छ । सामन्य वर्गका उपचारमा अएपछि आर्थिक स्रोतका कारण सबै समस्या झेल्दै बस्न बाध्य छन् भने सामान्य बिरामीका लागि असर नगरेपनि तत्काल उपचार गर्नुपर्ने बिरामी के हुने हो भन्न सकिने अवस्था छैन ।

अस्पतालमा बढदै गएको बेथितिले बिरामी भएर उपचारमा आउदा सास्ती दिएको भन्दै युवाहरुले धर्ना अभियान सुरु गरेका हुन्।

अस्पतालमा कार्य अवधीमा डाक्टर अस्पतालमै भेटिनुपर्ने भएतापनि नभेटिनु, बिमाको औषधी उपलब्ध नहुनु र अस्पताल प्रशासनले सुधारमा ध्यान नदिनु जस्ता विषयलाई केन्द्रित गर्दै विभिन्न नारा सहित धर्नामा बसेका हुन् ।

अस्पतालको वेथिति सुधारका लागि हरेक दिन बिहान १०ः३० बजेबाट अस्पतालको प्रशासन अगाडी धर्ना दिइने उनीहरुले बताएका छन् ।

यसैविच हेटौंडा अस्पतलका मेसु डाक्टर रामचन्द्र सापकोटालाई  युवाहरुले घेराउ समेत गरेका थिए ।
युवाहरुले घेराउ गर्दै अूपतालको बेथिति अन्ते गरेर कानुनले दिएको अनुमती अनुसार सहज सेवाको व्यवस्था नगरे सहेर नबस्ने बताए ।

उनिहरुले अस्पतालमा उपचार गराउन जादा टोकन काट्नदेखि डा. संग परिक्षणदेखि बिभिन्न परिक्षण र औषधी लिदासम्म ३ दिनसम्म लाग्ने गर्दापनि यसलाई सहज बनाउन अस्पताल प्रशासनको बेवास्ता भएको बताएका थिए ।

युवाहरुले आक्रोस पोख्दै अस्पतालमा डा. समयमा आउनुपर्नेमा अन्य स्थानमा हुनु, अस्पतालमा सबै औषधी नपाइनु, बिरामीले सहजै सेवा नपाउनु जस्तो जटिल समस्यामा पनि ध्यान नदिएकोमा यसलाई सुधार नगरे नछोडिने सुपरिटेन्डेन्ट डाक्टर सापकोटालाई चेतावनी दिए ।

उनिहरुले भने हामी कुनै पार्टीको होइनौ नागरिक हौं । अब बेथितिको बिरुद्धमा हामी लड्छौं भन्दे डा. रविराज देबकोटालाई पनि घेराउ गरेका थिए ।
नेपालको संविधानले हरेक नेपाली नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पाउनु प्रत्येक नागरिकको मौलिक अधिकार भएको उल्लेख गरेको भएपनि हेटौंडा अस्पतालबाट आधारभूत स्वास्थ्य सेवा सहज रुपमा पाउन सकेको अवस्था छैन ।

अस्पतालमा बिरामीको चाप बढे त्यसको व्यवस्थापन न ध्यान छ न कसरि गर्न सकिन्छ भन्ने तर्फ नै काम देखिएको छ ।
हेटौंडाको एक मात्र सरकारी अस्पताल हेटौंडा अस्पतालको हालत सहि बन्नु आवाश्यक छ ।