अमेरिकाले नेपालसामु प्रस्ताव गरेको स्टेट पार्टनरसीप प्रोग्राम एसपीपी नेपालका लागि घातक रहेको अनेरास्वीयू क्रान्तिकारी विद्यार्थी संगठनले जनाएको छ ।

संगठनको अध्यक्ष पंचा सिंहले अमेरिकाले नेपाल सामु प्रस्ताव गरेको एसपीपी नेपालको सार्वभौमसत्ता, असंलग्न परराष्ट्र नीति, पञ्चशीलको सिद्धान्त लगायत नेपालको परराष्ट्र नीतिको विरुद्ध रहेको बताएकी छन् ।

आफुहरुको वेवास्ता गरी एमसीसी र आइपिएसको कम्पोनेन्ट एसपीसी सम्झौता लागु गर्दै नेपाललाई विदेशीको युद्ध मैदान बनाउन लागि परेमा विरुद्ध कडा आन्दोलनमा उत्रनेअध्यक्ष पंचाको भनाई छ ।

संगठ अध्यक्ष पंचाद्धारा हस्ताक्षर गरिएको विज्ञप्ती जारी गर्दै अमेरिकाले नेपाललाई आफ्नो पक्ष राष्ट्र बनाउन विभिन्न प्रपन्चहरु गरिरहेको जनाईएको छ।

 

प्रेश विज्ञप्ति
आदरणीय जनसमुदाय एवं विद्यार्थी मित्रहरू,
शितयुद्धको समातिसँग एकधुविय बनेको विश्वको पदचाप एक्काइसौ सताब्दीको प्रारम्भमै बहधविय बन्नेतर्फ अग्रसर छ । एकातर्फ अमेरिका पहिलो भन्ने ट्रम्पको घोषित सिद्धान्तमा बाइडेन अघोषित रुपमै अग्रसर छन भने अर्कोतर्फ रुस, चीन र भारत जस्ता आर्थिक एवं सामरिक महत्वका केन्द्रहरुले विश्व बहु केन्द्र बनेर अगाडी बढ्ने सन्देश दिन खोजिरहेका छन् । भुराजनीतिको सन्तुलन कायम गर्न नसकेकै कारण कतिपय मुलुकहरू युद्धको भुमरीमा परेको तितो यथार्थलाई पनि नजरअन्दाज गर्न मिल्दैन । यस्तो विश्व एवं क्षेत्रीय परिवेशमा सामरिक महत्वको भुखण्डमा अवस्थित नेपालले एकातिर आफ्नो राष्ट्रिय सुरक्षा र स्वाधीनताको रक्षा गर्दै क्षेत्रीय एवं वधिक शान्ति र स्थिरता कायम गर्न विशेष भुमिका निर्वाह गर्न सक्दछ भने अर्कोतर्फ पन्चशिल सिद्धान्तमा आधारित असंलग्न एवं सन्तुलित परराष्ट्र नीतिलाई छाडेर कुनै शक्ति राष्ट्रको पक्ष राष्ट्रतर्फ ढल्कदा बिस्तारै कसैको क्रिडास्थल बन्ने र शक्ति राष्ट्रहरूको युद्ध भुमिमा परिणत हुने खतरा पनि उतिकै छ ।
उपरोक्त विश्व परिवेशमा सामाज्यवादको नाइके अमेरिकाले नेपाललाई आफ्नो पक्ष राष्ट्र बनाउन विभिन्न प्रपन्चहरु गरिरहेको छ । एमसिसी मार्फत पुरा गर्न खोजेको नेपाललाई आईपिएस (Indo Pacific Strategy) मा सहभागी गराउने स्थायलाइ व्याख्यात्मक टिप्पणी गर्दै नेपालको सार्वभौम संसदले अस्विकार गरेपछि अमेरिका एसपिपी (State Partnership Programme) मार्फत पूरा गर्न खोज्दैछ । अमेरिकाको उटाह नेसनल गार्ड(संयुक्त राज्य राष्ट्रिय पहरेदार) र नेपाली सेना विच SPP सम्झौता गर्न अमेरिकाले नेपाल सरकार समक्ष प्रस्ताव गरेको कुराले सम्पुर्ण नेपालीको ध्यान आकर्षित गरेको छ । प्रस्तावित ६ पृष्ठ लामो प्रस्तावको धारा २,३,५र ९ मा उल्लेखित हामो राष्ट्रिय सुरक्षा र स्वाधीनतालाई कमजोर पार्ने प्रावधानहरुले हामीलाई गम्भीर र आक्रोशित तुल्याएको छ । विपत व्यवस्थापन तथा उद्धार अभ्यासमा उटाह नेशनल गाईलाई दिइने पहुंच र उच्च भूभाग भएका क्षेत्रमा गरिने संयुक्त अभ्यास जस्ता प्रस्तावले हामो सार्वभौमिकता र भौगोलिक अखण्डता माथी नै धावा बोल्ने प्रयत गरेको छ । त्यस्तै नेपाली सेनाको आधुनिकिकरण र ल्याण्ड फोर्सलाई बलियो बनाउने नाममा साइबर सुरक्षा लगाएत क्षेत्रमा गरिने भनेका सहयोग सम्बन्धि प्रस्तावहरु पनि आपतिजनक र हाम्रो राष्ट्रिय सुरक्षा प्रणालीमा पहुँच कायम गर्ने कुत्सित नियतमा आधारित छन् । धारा ९ मा SPP मा कुनै विवाद आएमा अन्तरास्ट्रिय न्यायधिकरणमा जान नपाउने प्रस्तावले हाम्रो स्वतन्न परराष्ट्र नीतिलाई नै पुलिसात पार्न खोजेको देखिन्छ।
अतः अमेरिकाले प्रस्ताव गरेको SPP ले अमेरिकाको सुरक्षा स्वार्य पूरा गर्ने र नेपाललाई उसको पक्ष राष्ट्र बनाउने दुषित नियतमा आधारित हामो सार्वभौमिकता, राष्ट्रिय सुरक्षा, भौगोलिक अखण्डता र स्वाधीनतामा आँच पुर्याउने भएको हुँदा SPP अस्विकार गर्न नेपाल सरकार समक्ष हामो संगठन जोडदार माग गर्दछ । साथै सम्पुर्ण राष्ट्रप्रेमी जनसमुदाय एवं युवा विद्यार्थी साथीहरुलाई सरकार बाट SPP अस्विकार नहुँदा सम्म जागै बस्न, हामा सांकेतिक बिरोध कार्यक्रम र सचेतना अभियानलाई साथ दिन झर्दिक अपिल गर्दछौं।