चोतर्फी आलोचना भएपछि सवारी साधनमा असार महिनाभित्र इम्बोस्ड नम्बर प्लेट लागू गर्ने निर्णयबाट सरकार पछि हटेको छ। २०७८ मंसिर १ बाट दर्ता भएका सवारीसाधनमा भने इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको छ।
मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै विभागका महानिर्देशक नमराज घिमिरेले तीन किसिमका सवारीले मात्रै साउन १ गते अगाडि इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने बताएका हुन्।
महानिर्देशक नमराजका अनुसार जसले गत मंसिर १ गतेपछि नयाँ सवारी खरिद गरेका छन्, उनीहरूले साउन १ गतेभन्दा अगाडि इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने हुन्छ। त्यस्तै, गत फागुन १ गतेभन्दा पछाडी पुराना सवारी खरिद गरी नामसारी गरिएको छ भने ती सवारीमा पनि इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्नेछ। र, गत जेठ १ गतेपछि नवीकरणका लागि गएकाहरूले पनि साउन १ सम्म इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने हुन्छ।
२०७८ कात्तिक २२ गतेको राजपत्रमा प्रकाशित सूचना बमोजिम जजसले इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने थियो, ती सवारीमा यस्ता प्लेट जडान भएका छन् वा छैनन भन्ने कुरामा अनुगमन गर्नुपर्ने देखिएको विज्ञप्तिमा उल्लेख छ। ‘इम्बोस्ड नम्बर प्लेट जडान ऐच्छिक विषय पनि होइन,’ विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘ सीमित समयमा कार्य पूरा गर्नका लागि आगामी दिनमा यो कार्यको गति तीब्र हुन जरुरी छ, सडकमा गुड्ने सबै सवारीमा साउन १ देखि नै इम्बोस्ड नम्बर अनिवार्य छैन। ‘साभार नागरि न्युज बाट गरेकोछ























प्रतिक्रिया दिनुहोस्