बैसाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरू चुनाव केन्द्रित भएका छन् ।
राजनितिदल, स्वतन्त्र र बागी उम्मेदवारी समेत दिएका छन् ।
गठबन्धनबाट उपमहानगरको नेतृत्वमा नेकपा एकीकृत समाजवादीको तर्फबाट हेटौंंडा उपमहानगरको नेतृत्वमा मिना कुमारी लामा र नेकपा एमालेको तर्फबाट बकैया गाउँपालिकाको नेतृत्वमा सरला बोलखे चुनावी मैदानमा छन् ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेहेटौंडा उपमहानगरको उप–मेयरमा निर्वाचित लामा र बकैयाको उपाध्यक्ष निर्वाचित बोलखे महिलामा पनि काम गर्न सक्ने र नेतृत्व गर्न सक्ने क्षमता हुन्छ भन्दै अघि सरेकी हुन् ।
मकवानपुरमा २ स्थानीय तहको लागि गठबन्धनबाट हेटौंडा उपमहानगरको नेतृत्वमा मिना कुमारी लामा र बकैया गाउँपालिकाको नेतृत्वमा सरला बोलखे चुनावी मैदानमा छन् ।
………………………
मिना कुमारी लामा
हेटौंडा उपमहानगरको मेयर पदको उम्मेदवार मिना कुमारी लामा टोलीनै मतदाताको घरघरमा पुगेर उपमहानगरको समस्या समाधनाका लागि उम्मेदवारी रहेको र प्रतिगमन हाबीको अन्त्य गरि जनताको हरेक समस्या सभाधान गर्ने प्रतिबद्धताजनएका छन् ।
समग्र विकास गर्न ‘झुट र आश्वासनको पुलिन्दाबाट देशलाई जोगाएर संविधानको रक्षा गर्न जनताको हरेक समस्या समाधान गर्ने जनएकाछन् ।।
उपमहानगरको घरघरमा पुगेर सिंगो उपमहानगरको विकास गरेर जनताको मनमा बस्नेगरि काम गर्ने लामाको भनाइ छ ।
सामाजिक क्षेत्र देखेको त्रिभिन्न समस्या गठबन्धनका तर्फबाट उम्मेदवार बनेपछि जनताको चाहाना अनुसारै काम गर्ने र बिश्वास गरेर दिएको मत खेर जान नदिने नगरबासी समक्ष प्रतिवद्धता जनाइरहेकी छन् ।
लामा भन्छिन् चुनाव जित्छौं भन्नेमा विश्वस्त छौं । ‘उपमहानगरमा गठबन्धनका तर्फबाट मलाई उम्मेदवार बनाइएको छ । मैले उपमेयर भएर गरेको कामले मलाई जनताले मेयरमा आएर काम गर्नु भन्नुभएको छ । म निर्वाचित हुनु भनेको उपमहानगरबासीले चाहे अनुसारको काम हुनु हो। हामीले काम गर्न पाउने पुर्ण विश्वास छ ।
……………….
सरला बोलखे
यसैक्रममा नेकपा एमालेबाट बकैया गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनेपछि सरला बोलखे टोलीनै लिएर मतदाताको घरघरमा पुगकी हुन् ।
अखिल नेपाल महिला संघबाट नेकपा एमालेको मुल राजनीतिमा प्रबेस गरेपछि सक्रिय बोलखे बकैया गाउँपालिकाको उपाध्यक्ष हुँदा आफुलाई पालिकाबासी, गाउँ पार्टी कमिटिले दिएको साथ सहयोगले महत्वपूर्ण कामहरु सम्पन्न गएिको बताइन् ।
पाँच वर्षमा बाकी रहेका हरेक बिकास निमार्ण सडक निमार्ण सबै वडामा विस्तार भएका स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने, वालवालिका लागि हुनुपर्ने सबै काम गरिने प्रतिवद्धता जनाएकी छन्।
गाउँपालिका क्षेत्रमा वाढी, पहिरो कमगर्न तटवन्धनलाई प्राथमिकतामा राखेको र शिक्षा क्षेत्रलाई प्रविधिमैत्री बनाउन र गर्नुपर्ने कामहरु गर्ने र शिक्षाको पहुँच सबै स्थानमा पुर्याउने बताईन् ।
कृषिमा अग्रसर बनाई आर्थिक आयआर्जन हुन सक्नेगरि ब्यवसायीकरण गर्ने खेल क्षेत्रको विकास आधुनिक रंगशाला निर्माण सुकुम्वासी समस्या समाधान गर्ने पर्यटनको योजनाहरुलाई अघि सारेर समृद्ध बकैया गाउँपालिका निर्माण गरेर देखाउने प्रतिवद्धता जनाईन् ।
बोलखे भन्छिन् “उपाध्यक्षमा रहेर ५ वर्ष जनतकै काम गरेको अनुभले थप काम गर्न अध्यक्ष पदकालागि अघि सरेको हुँ । उपाध्यक्षमा रहेर काम गर्दा अनुमती लिएर काम गर्दा पनि धेरै काम गरेकी छु । घरघरमा पुगरे बालबिवाह घरेलु हिंसा, रोक्न देखि महिला पुरुषमा समान्ता स्थापित गर्न र बालमैत्री घोषण गर्न समेत सफल भइएको छ । जनताकै प्रतिनिधित्व गर्ने पार्टीको तर्फबाट उम्म्ेदवार हुँ । जनताकै काम गर्ने छु । मलाइ विश्वास छ मलाई सर्मथन गर्नुहुन्छ ।”
मेयरका लागि दलहरुको पक्षबाट नजिकीदैरहेको निर्वाचनमा गठबन्धनबाट उपमहानगरको नेतृत्वमा नेकपा एकीकृत समाजवादीको तर्फबाट मिना कुमारी लामा नेकपा एमालेबाट अनन्त पौडेल र राप्रपाबाट दीपक बहादुर सिंह त्रिपक्ष भिडन्तका विचमा मेयरका लागि स्वतन्त्र उम्मेद्वार बन्दै लिलाकुमारी आचार्य बबिता पनि मैदानमा छिन् ।
गठबन्धनको निर्णयअनुसार बकैयाको अध्यक्षमा उम्मेदवार नेपाली कांग्रेसका उम्मेदवार धर्मराज लामिछाने छन् ।

















प्रतिक्रिया दिनुहोस्