बैसाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरु आफ्ना योजना सुनाउदै आफूनै योग्य भएको र आफुहरुले नै जनताको कामगर्ने दावी गरिरहेका छन्।
यसैविच नजकीदै आइरहेको स्थानीय तहको निर्वाचनलाई मध्यनर गर्दै उम्मेदवारहरु घरदैलो अभियानमा उम्मेदवारहरु मतदाताको घरघरमा पुगिरहेका छन् ।
यसैक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ वडाध्यक्षका लागि राप्रपा तर्फबाट चुनावी मैदानमा रहेका किशोर चन्द्र ढकाल समृद्ध वडा निमार्णको योजना रहेको बताउदै आफ्नो टोलीसहित मतदाताको घरघरमा पुगेका छन् ।
२०३० सालमा मकवानपुरको नामटारमा जन्मिएका ढकाले २०५० सालमा राप्रपा नेपाल पार्टीबाट राजनिति क्षेत्रमा सक्रिय भएर सामाजिक काम गरेको र सधै समाजको हित र सामाजिक कार्य गरेको ढकाल बताउछन् ।
२०७१ मा राप्रपा नेपालको युवा अध्यक्ष भएको र गएको २०७४ को निर्वाचनमा २ नम्बर वडा सदस्यको उम्मेदवार भई ३४ मतान्तरले पराजित भएका ।
२०७७ मा गरिएको अधिवेशनमा छुटिएर राप्रपा तर्फ २ नम्बर वडा कमिटिको अध्यक्ष बनेका ढकाल यस पटक वडाको नेतृत्व गर्ने दाउमा छन् ।
मतदाताको घरघरमा पुगेर आफुले विजयी भएमा गर्ने प्रतिवद्धता समेत जनाई रहेका छन् ।
विजयी भएमा वडामा र वडामा रहने वडाबासीको हरेक समस्या समाधानमा काम गर्ने आफुलाई प्राप्त हुने भत्ता रकम सामाजिक सेवामा खर्चिने वडाबासीहरुले पाउने सामाजिक सुरक्षा भत्ता घरघरमा पुर्याउने प्रबन्ध मिलाउने कार्य गर्ने बताए ।
वडामा सार्वजानक सौचालय निमार्ण पार्किङ्गको व्यस्थापनको पहल बाटो बनाउने स्ल्याब ढलान र ढल निकासा गर्ने वडाबासीको सल्लाहा सुझाव अनुसार गर्ने कार्यहरु गर्न पछि नपर्ने बताए ।
ढकाल भन्छन् “म सामाजिक सेवामै रहें । २०७२को महाभुकम्पको समयमा पनि समाजमा परेको समस्या समाभानमा जनतामाझै रहेर काम गरें । कोभिड– १९ को पहिलो लहरले नेपालमा पनि सतायो त्यतीबेलापनि लकडाउनको समयमा खाद्यन्न बितरण गर्ने परेको हर समस्यामा सहयोग गर्न पछि परिएन ।वडामा पर्ने समस्या सुधार गरि स्वास्थ्य, शिक्षमा सहज बनाई बिकासको कार्यमा पहल गरि जनताको इच्छा अनुसार काम गर्ने योजना हो । अब नगरको मुहार परिवर्तन गर्न र बिकाश गर्न सक्ने नेतृत्व चुन्ने समय आएको छ । नगरमा भ्रष्टाचारि र स्वार्थपुर्ती गर्नेहरुलाई जरै देखि उखेलेर फाल्ने राप्रपा हो । यही पार्टीको तर्फबाट म उम्मेदवार बनेको छु । म जनताकै काम गर्न भनेर आएको हुँ । मलाई विश्वास छ ५ वर्ष काम गर्ने मौका वडाबासीले दिनुहुन्छ ।साथ दिनेमा पनि ढुक्क छु ।”
यता २ नम्बर वडाध्यक्षकालागि गठबन्धको नेपाली कांग्रेसको तर्फबाट बिष्णुगोपाल महर्जन र नेपाली कांग्रेसका नेता सुदिप राजवाहक बागी उम्मेदवार रहेका छन् ।
नेकपा एमाले तर्फ बाट हरि बहादुर राउत छन् ।

















प्रतिक्रिया दिनुहोस्