घर नजिकैको जंगल पसेका मेघौलीका मनिषकुमार लिम्बूलाई सर्पले खुट्टामा टोक्यो। खुट्टाबाट रगत बग्न थाल्यो, उनी आफूलाई टोक्ने त्यो पानी सर्प ९पानी साँप भनिने यो सर्पले टोक्दा शरीरमा विषको असर हुँदैन० लाई समातेर गाउँ फर्किए। छिमेकीको अगाडि लाठीले हानेर त्यसलाई मारिदिए। अनि बल्ल आफ्नो घाउको उपचार गर्न थाले।

मनिषले आफूलाई टोक्ने सर्पसँग बदला लिएका थिए। जीवनमा कति वटा सर्प यसरी मारे भन्ने यकिन छैन उनलाई। यतिचाहिँ स्पष्ट भन्छन्, ‘सर्प देख्यो कि यसले बर्बादै पार्छ भन्ने लाग्थ्यो, मारिहाल्थें।’

उनै मनिष अचेल चितवन राष्ट्रिय निकुञ्ज नजिकका बस्तीमा सर्पको महत्व बुझाउँदै जोगाउन सिकाउँछन्। सर्पले पर्यावरणमा पार्ने सकरात्मक प्रभावबारे जनचेतना फैलाउँदै हिँड्छन्। सर्पको संहार गर्न उद्धत युवालाई उद्धार गर्न सिकाउँछन्।

समाचार सेतोपाटी डटकमबाट

https://www.setopati.com/social/244802