बैसाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरु आफ्ना योजना सुनाउदै आफूनै योग्य भएको दावी गरिरहेका छन्।

यसैविच नजकीदै आइरहेको स्थानीय तहको निर्वाचनलाई मध्यनर गर्दै उम्मेदवारहरु घरदैलो अभियानमा लागेका छन् ।
सोहीक्रममा नेकपा माओवादी केन्द्रको तर्फबाट हेटौंडा उपमहानगर वडा नम्बर १०को वडाध्यक्ष पदका उम्मेदवार सन्तोष न्यौपाने पनि आफ्नो कार्य योजना सहित टोलिनै घरदैलो अभियानमा दौडिएका छन् ।

लामो समयदेखि राजनीतिमा सक्रिय रहेका युवा नेता न्यौपानेलाई १० नम्बर वडाध्यक्षमा माओवादी केन्द्रले उठाउने निर्णय गरेपछि घरघरमा पुगेर वडाबासीको हरेक समस्या समाधान गर्ने र समृद्ध वडा बनाउने प्रतिवद्धता जनाएका हुन् ।
वडाध्यक्ष सन्तोष न्यौपाने सहित वडा सदस्यहरु गणेस बहादुर घलान, दिपेन्द्र राना मगर, लक्ष्मी लामा दलित तर्फ वडा सदस्य लक्ष्मी विश्वकर्मा रहेका छन्।

माओवादी केन्द्र हेटौंडाको बिशेष भेलाले वडाध्यक्षको उम्मेदवार भएपछि जनताको घरघरमा पुगेर समस्या समाधान गरि समृद्ध वडा निमार्ण गर्न लागि पर्ने बताएका छन् ।

वडा नम्बर १० भित्रै बसपार्क रहेकोले सरोकारवालासंग छलफल गरि बसपार्क क्षेत्रमा सो सुरक्षका निमित्त पहल गारि भौतिक पुर्वाधार निमार्ण र विकास कार्यमा कुनै कसर बाँकी नराखि काम गर्ने उनको भनाई छ ।

न्यौपाने भन्छन् “जसरी पनि म समाजको सेवक र जनतको कामदार  । बिगतमा पनि पत्रकारिताको माध्यमबाट समाजकै लागि काम गरें । राजनितिमा र सामाजिक संघसस्थामा रहेरपनि समाजकै हितमा काम गरें । समाजमा भएको बेथिति र गलत प्रवृतिलाई हटाउने भन्दै भ्रष्टचार बिरुद्धको अभियानमा रहेर पनि काम गरें । यसमा धेरै अबरोध आयो तर, बिचलित भइएन । विश्वभरी परेको कोभिडको समयमा पनि वडाको घरघरमा पुगेर बिभिन्न समस्या समाधानको पहल गरियो ।बिभिन्न स्थानमा माक्स वितरण, गर्ने चेतनामुलक कार्यक्रम लगायतका धेरै कामहरु गरियो। अब पहल मात्र होईन अध्यक्ष भएर कामै गर्नुपर्छ भनेर जनताको मर्म बुझ्ने जनताको काम गर्ने सच्चा पार्टीको तर्फबाट उम्मेदवार बनेको हुँ । मलाई व्यक्तीगत स्वार्थको चाह छैन् । हर समय जनतामाझ रहेर जनताकै लागि काम गर्छु । जनतकै काम गर्न आएका कारण मैले काम गर्ने मौका पाउछु र वडाबासीले मैका दिनुहुन्छ भन्ने बिश्वास छ ।”