बैसाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरूले चुनाव केन्द्रित कार्यक्रमलाई तीव्रता दिएका छन् ।

राजनितिमा रहेका व्यक्तीहरुले पदका लागि आफ्ना योजना सुनाउदै उम्मेदवारी दिएका छन् भने आफुले गर्ने कामको कार्ययोजना अघि सारेका छन् ।

यसैक्रममा नेकपा माओबादी केन्द्रको तर्फबाट मकवानपुरको बकैया गाउँपालिका अध्यक्षमा लक्ष्मी माझी कृपाले उम्मेदवारी दिएकी छन् ।

जनताको हित चाहने माओबादी नै भएको र देशमा जनताको हक अधिकारकालागि काम गर्न सक्ने माओबादी केन्द्रको तर्फबाट जनताले गरेको चाहाना अनुसार बिभिन्न कामहरु काम गर्न अध्यक्ष पदकालागि अघि सरेको कृपाले बताईन् ।

उनले भुमिहिन दलित भुमिहिन र अव्यवस्थित सुकुम्बासीलाई लाल पुर्जा वितरण गरेर जग्गाधनी बनाउने पहिलो प्राथमिकता हुने र भौतिक आर्थिक विकाससङ्गै मानवीय विकासमा जोड दिन बिभिन्न स्थानमा भौतिक पुवाधार निमार्ण सडक निमार्ण बिस्तार पानी बिजुली सहजै पाउने व्यवस्था गर्ने बताएकी हुन् ।

उनले अति सिमान्तकृत दलित र विपन्न वर्गको लागी उच्च प्राविधिक शिक्षाको लागी सहज बनाउने अनुदानको व्वयवस्थाको पहल गर्ने देखि महिला तथा बेरोजगार युवाहरुको लागी स्थानीय श्रोत साधारणको माध्यमबाट व्यावसायिक तालीम ल्याई स्वरोजगार बनाउन लागिपर्ने बताईन् ।

बाँच्नलाई आवाश्यक पर्ने गाँस ,बास ,  कपासका लागि कृषिको आधुनिकिकरण गर्ने र कृषक हरुकालागि प्रोत्साहन कार्यक्रम ल्याउने महिला, दलित जनजाति लगायत पालिकाकासीहरुलाई लक्षित विषेश बजेट ल्याउन अघि सर्ने कृपाले बताईन् ।

उनले पालिकामा भएकोे बालमैत्री घोषणलाई स्थानीय शासनलाई प्रभावकारी कार्यान्वयन गरि परिणाममुखी बनाउने सम्पुर्ण जातजाती धर्म संस्कृति समेटेर सांस्कृतिक संरक्षण गर्ने र विपन्न महिलाहरुको निम्ति सुत्केरी पोषण भत्ताको समेत ब्यबस्था गर्ने योजना रहेको बताएकी हुन् ।

कृपाले भनिन् “देशकालागि जनयुद्धका समयमा घाइते भएका अपाङ्ग र सहिद परिवार द्वन्द्वप्रभावित बेपत्ता परिवारको संरक्षण र जेष्ठ नागरिक सम्मान तथा स्वास्थ्यमा महिलाहरुको प्रजनन स्वास्थ्य उपचारको लागी बिभिन्न कार्यक्रम ल्याउने छु । बकैयाको अधुरो काम पुरा गर्न उम्मेदवारी दिएकी हुँ । देशको चौथो अङ्ग मानिने सञ्चार क्षेत्रमा काम गर्ने श्रमजिवि पत्रकारकालागि कामगर्नलाई भौतिक सुरक्षाको व्यस्थामा जोड दिएर निर्धक्क काम गर्न सक्ने र आर्थिक पक्षबाट दैनिकी चल्न सक्ने बातावरण मिलाउने पनि योजना छ ।जनताले मलाई साथ दिनुहुन्छ भन्ने मलाई विश्वास छ ।”