हेटौंडा एकेडेमी आवासीय माविले जेहेन्दार विद्यार्थीहरुका लागि छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

सोमबार पत्रकार सम्मेलन गर्दै  हेटौंडा एजुकेशन फाउन्डेसन द्वारा सञ्चालित विद्यालयको आयोजनामा छात्रवृत्ति प्रदान गरिने घोषण गरेको हो ।

आगामी शैक्षिक सत्रबाट कक्षा १ देखि ९ सम्म अध्ययन गर्ने विद्यार्थीलाई परिक्षामा पाएको नतिजाको आधारमा छात्रवृत्ति दिने फाउन्डेशनका प्रमुख कार्यकारी अधिकृत सिइओ रमेश रिमालले बताए ।

उनले करिब २४ वर्ष अगाडि स्थापना गरिएको विद्यालयमा हाल विद्यालयमा कक्षा १० सम्ममात्र अध्यापन हुने गरेको र आगामी दिनमा कक्षा १२ सम्मको अध्यापन हुने जानकारी गराएका हुन् ।

त्यसैविच ‘माधवराज सुमार्गी स्मृति’ छात्रवृत्ति १८९ जना, ‘रुपचन्द्र विष्ट थाहा स्मृति छात्रवृत्ति १०८ र विश्वकान्ति कलावती सुमार्गी छात्रवृत्ति ३९ जनालाई प्रदान गरिने जानकारी गराइएको हो ।

आर्थिक अभावका कारणले पढाइमा समस्या नपरोस र विद्यार्थीहरुको पढाइमा केहि सहज होस भन्ने सोच ससिहत छात्रवृत्तिह प्रदान गरिरहेको फाउन्डेसनका अध्यक्ष अरुणराज सुमार्गीले बताए ।