मकवानपुरको बकैया गाउँपालिकाले बालमैत्री घोषणा भएको प्रथम वार्षिकोत्सव मनाएको छ ।
गएको वर्ष माघ २९ गते बकैया गाउँपालिकालाई बालमैत्री पालिका घोषणा गरिएको थियो भने वार्षिकोत्सवको अवसर पारेर गाउँपालिकाले वडा बाल सञ्जाललाई ५० हजार रुपैयाँ बराबरको खेलकुद सामग्री समेत वितरण गरेको छ ।
शनिबार सामग्री वितरण गर्दै वक्तृत्वकला प्रतियोगिताको आयोजना गर्दै बालअधिकार संरक्षणमा क्रियाशील व्यक्तित्वलाई सम्मान समेत गरेको ।
वार्षिकोत्सवकै अवसरमा ‘सबै पक्षको सरोकार, बालमैत्री व्यवहार हाम्रो अधिकार’ विषयक् वक्तृत्वकला प्रतियोगितामा कालीदेवी माविको सिमोन मोक्तान प्रथम, प्रभात माविकी डोल्मा पाख्रिन द्वितीय, जनजागृति माविकी भावना दोङ तृतीय र जनक माविकी संगीता गुरुङ सान्त्वना भएका थिए ।
गाउँपालिकाले बालअधिकारकर्मी सिविन बालहेल्पलाइन हेटौंडाका प्रमुख झविन्द्र ज्ञवाली र मामाघर नेपालका परिकल्पनाकार एवम् संरक्षक अर्पण पराजुली र स्थानीय बालअधिकारकर्मी भक्त भोलनलाई पनि सम्मान गरेको छ । सिमोन भोलनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका अध्यक्ष दामोदर खनालको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखे, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनी लगायत पालिकाकाको जनप्रतिनिधि कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।














प्रतिक्रिया दिनुहोस्