राजु शाह राजेन्द्र को निर्देशन रहेको नेपाली फिल्म ‘जाँड’ को शनिबार च्यारिटी गरिएको छ ।
हेटौडा – ४ नारायणी मलमा रहेको एनएस सिनेमाजमा साउन २४ गते शनिवार च्यारिटी सो मा फिल्मको प्रर्दशन गरिएको हो ।
मुस्लिम युवा समाज हेटौडाको आयोजनामा गरिएको च्यारि सोमा फिल्म हेरे दर्शकहरले राम्रै प्रतिक्रिया दिएका छन् ।
अत्याधिक जाँड रक्सी मदिरापान सेवनले व्यक्तिगत, घरपरिबार र समाजमा समेत पर्ने नकारात्मक असर बारे देखाइएको छ ।
मदिराको लतका कारण छोरीचेली को समेत महत्व नदिने र छोरीको जन्म भएपछि गरिने भेदभाव जस्ता कुराहरुलाई उठान गरिएको छ ।
पछिल्लो समयमा विभिन्न विकृतीहरु फैलिरहेको अवस्थामा समाजमा जनचेतना दिने फिल्म भएकाले च्यारिटी सो आयोजना गरिएको र च्यारिटीबाट उठेको रकमको केहि प्रतिशत सामाजिक कार्यहरू लगाइने मुस्लिम युवा समाजका अध्यक्ष मोहम्मद सफिक मियाले बताएका छन् ।
यो फिल्म दशै तिहारपछि सम्पुण दर्शकहरुले हेर्न पाउने निर्देश राजु शाहले बताए ।
समाजमान भएको जाँड सेवनका विषयमा बनाउने एकले बिक्रि गर्ने अको अनि सेवन गर्ने अर्कै शत्यसको नतिजामा बिभिन्न कठिन परिस्थिति झेल्न पर्ने घरपरिवारले यसै विषयलाई देखाइएको बताए ।
फिल्म जाँडका निर्देशक राजु शाह राजेन्द्रले थुप्रै फिल्मको निर्देशन गरिसकेका छन् ।
राजेन्द्र भट्टको निर्माण रहेको फिल्म जाँडला सानबी खतिवडा, पदम गुरुङ र कमला दाहालको मुख्य भूमिका रहेको छ ।
साथमा मन्जु श्रेष्ठ, सुवास गजुरेल, लक्ष्मी तिमलसिना लगायतको अभिनय छ ।
















प्रतिक्रिया दिनुहोस्