बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगर निकृष्ट बालश्रम मुुक्त, बालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने भएको छ ।
मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराका साथ आउदो फगुन १ गते उपमहानगरलाई बालमैत्री स्थानीय शासनयुक्त उपमहानगर घोषणा गरिने नगर प्रमुख मीना कुमारी लामाले बताएकी छिन् ।

सोही दिन बिहान १० बजेबाट बुद्ध चोक, राप्ती रोड, न्युरेनी पेट्रोल पम्प, स्कुलरोड, बलराम दास पेट्रोल पम्प हुँदै क्याम्पा रंगशालासम्म प्रभातफेरी कार्यक्रमको आयोजना गरिने ुहभाग् हुन अु्रोध गरिन् ।
बालमैत्री घोषणा कार्यक्रम उपप्रधानमन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा गरिने बताइन् ।

…………………………

बालमैत्री स्थानीय शासनयुक्त हेटौंडा उपमहानगरपालिका घोषणा सम्बन्धी
पत्रकार सम्मेलन
“बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ मिति २०८१ फागुन १ गते हेटौडा उपमहानगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त उपमहानगर घोषणा समारोह गर्ने सन्दर्भमा यो पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।
हेटौंडा उपमहानगरपालिकाले २०७९ भाद्र ५ गते बालमैत्री स्थानीय शासन अवलम्बन गरी उपमहानगरपालिकामा बालमैत्री स्थानीय शासन अवधारणालाई सुनिश्चित गर्दै बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ र घोषणा कार्यविधि, २०७९ मा आधारित भई आवधिक वार्षिक योजनासँगै आवश्यक बजेट तर्जुमा गरी निर्धारित न्यूनतम सूचकहरु पूरा गर्ने चरणमा विविध बालमैत्री कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ । घोषणा मात्रै महत्वपूर्ण नभई यसको निरन्तरता र गुणस्तरीय बालमैत्री वातावरणको आवश्यकता महशुस गरी सिङ्गो उपमहानगरपालिकालाई बालमैत्री घोषणा पश्चात दिगोपनाको लागि नगरस्तरीय तथा वडागत रुपमा पञ्चवर्षिय रणनीतिक योजना समेत तयार गरिएको छ। कार्यान्वयन निर्देशिकामा उल्लिखित कार्यान्वयनका ५ वटा चरणहरु र २८ वटा तहगत खुड्किलाहरु पार गर्दै ५१ वटा सूचकहरु पूरा गरी निकृष्ट बाल श्रम मुक्त, बाल विवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त उपमहानगरपालिका घोषणा समारोहको तयारीमा रहेको छ ।
हेटौंडा उपमहानगरपालिकाको कुल क्षेत्रफल २६१.५८ वर्ग कि.मि. रहेको छ । उपमहानगरपालिकाको पूर्वमा बकैया गाउँपालिका, पश्चिममा मनहरी र राक्सीराङ गाउँपालिकाहरू, उत्तरमा मकवानपुरगढी, भीमफेदी र कैलाश गाउँपालिकाहरू रहेका छन् । दक्षिणतर्फ मधेश प्रदेश अन्तर्गतको बारा जिल्लाको उत्तरी सिमाना पर्दछ । यस उपमहानगरपालिकालाई १९ वडामा विभाजन गरिएको छ।
कुल
यस उपमहानगरमा घरधरी तथ्याङ्क संकलन सर्वेक्षण, २०७९ अनुसार १८ वर्ष मूनिका बालबालिकाको जनसंख्या ५०,१९५ रहेको छ जस्मा २६, १४५ बालक र २४,०५० बालिका रहेका छन्। बालबालिकाको संख्यालाई आधार मान्दा ५२.०८% बालक र ४७.९१ % बालिका रहेको छ। यस उपमहानगरपालिकामा टोलस्तरीय २६५ र विद्यालयस्तरीय १०६ वटा बालसमूह गरी जम्मा ३७१ बाल समूह तथा १९ वडास्तरीय र १ नगरस्तरीय गरी जम्मा २० वटा बाल समूह संजाल सहित ३७१ वटा बालबालिकाका संरचना क्रियाशिल रहेका छन् । विभिन्न संरचनागत समितिहरु समेत गरी ९२५० जना बालबालिकाको प्रत्यक्ष सहभागिता रहेको छ ।

बालमैत्री स्थानीय शासन सञ्चालन एवं दिगोपनाको लागि प्रत्येक वडामा बालमैत्री सम्पर्क व्यक्ति, सम्पर्क कर्मचारी, विद्यालयमा सम्पर्क शिक्षक एवं टोलस्तरमा संरक्षक अभिभावक तोकिएको छ । उपमहानगरमा बालमैत्री स्थानीय शासन नगर समिति, नगर बाल अधिकार समिति, नगर कार्यान्वयन सहजीकरण समिति, नगर बाल समूह संजाल, वालमैत्री स्थानीय शासन वडा समिति, वडा बाल अधिकार समिति, वडा बाल समूह संजाल, टोल विकास संस्थाहरु, युवा क्लब, आमा समूह साथै बाल अधिकारको क्षेत्रमा कार्य गर्ने संघसंस्थाहरु क्रियाशिल रहेका छन् ।

पूर्ण खोप नगर घोषणा, पूर्ण साक्षर नगर घोषणा, खुल्ला दिसामुक्त नगर घोषणा भई सकेकोमा नेपाल सरकारको मापदण्डको आधारमा तयार भएको बालमैत्री स्थानीय शासन घोषणा गर्ने आवश्यक बालमैत्री स्थानीय शासनका ५१ सूचकहरुमा हेटौंडा उपमहानगरपालिकाले ४३ वटा सूचकमा १००%, १ वटा सूचकमा ९९.९४%, १ वटा सूचकमा ९९.८९%, १ वटा सूचकमा ९९.८७%, १ वटा सूचकमा ९९%, १ वटा सूचकमा ९८.६३%, १ वटा सूचकमा ९६.८४%, १ वटा सूचकमा ९१%, १ वटा सूचकमा ८८.०६%, नतिजा हासिल गर्दै घोषणा गर्ने अवस्थामा आईपुगेका छौ।
बालबालिकाको व्यक्तित्व तथा वृद्धि विकासको लागि दिईने अनुकुल वातावरण, अवसर र व्यवहार नै बालमैत्री हो।बालमैत्री स्थानीय शासनयुक्त उपमहानगर घोषणाको मुख्य उद्धेश्य बालबालिकाहरुको समग्र पक्षको प्रवर्द्धनका लागि उपमहानगरको नीति, योजना, कार्यक्रम तथा प्रणालीमा बाल अधिकारलाई संस्थागत गर्दै बाल अधिकारको सुनिश्चित गर्नु रहेको छ ।
यस उपमहानगरपालिकाले सूचक पूरा भएको सन्दर्भमा सरोकारवाला निकायहरुसँग बसी अन्तरक्रिया, अनुगमन तथा समीक्षा गरिएकोमा हाल बालमैत्री स्थानीय शासन कार्यान्वयन तथा दिगोपना कायम गर्नको लागी वडागत सूचकहरुलाई एकीकृत गरी अन्तिम सूचक मापनको प्रतिवेदन, स्थिति पत्र, पञ्चवर्षिय रणनीतिक योजना समेत तयार भईसकेको अवस्था छ भने प्रदेशस्तरीय अनुगमन समितिबाट अनुगमन गरी बाल मैत्री स्थानीय शासनयुक्त उपमहानगरको रुपमा घोषणा गर्नको लागि प्रदेश मन्त्रालयबाट अनुमति प्राप्त भइसकेको अवस्था छ। उपमहानगरका सम्पूर्ण नगरबासिहरु लगायत विद्यालय, नगर टोल विकास समन्वय समिति, टोल विकास संस्था, नागरिक समाज, सवै सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले आ-आफ्नो स्थानबाट सक्दो साथ सहयोग दिनु भएको कारणले नै हामी घोषणाको अन्तिम चरणमा पुग्न सफल भएको छौ। हामीसँग हातेमालो गर्दै हाम्रो अभियानमा साथ सहयोग दिनुहुने सम्पूर्णमा हार्दिक कृतज्ञता ज्ञापन गर्दछु ।
अन्त्यमा, फागुन १ गते विहिवार हेटौंडा उपमहानगरपालिकालाई निकृष्ट बालश्रम मुक्त, बाल विवाहमुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त उपमहानगर घोषणा कार्यक्रम बुद्ध चोक, राप्ती रोड, टेम्प पार्क, न्युरेनी पेट्रोल पम्प, स्कुल रोड, बलरामदास पेट्रोल पम्पबाट विहान १० बजे बृहत प्रभातफेरी सहित शुरु भई क्याप्पा रंगशालामा सञ्चालन हुन गईरहेको हुदाँ यो घोषणा कार्यक्रमलाई नगरको गौरव, प्रतिष्ठा र शानको विषयको रुपमा लिई यस महान अभियानलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न सम्पूर्ण नगरवासीहरुले आ-आफ्नो तह र तप्काबाट यथेष्ट सहकार्य, सहयोग र सहभागिता सहित ऐक्यबद्धता जनाईदिनु हुन हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय हार्दिक अपिल समेत गर्दछ ।
मिना कुमारी लामा
नगर प्रमुख एवम् बालमैत्री स्थानीय शासनयुक्त नगर समिति तथा घोषणा मूल समारोह समिति संयोजक
मिति २०८१ माघ २९