बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशको राजधानी हेटौंडा र काठमाडौं जोड्ने भैसे भिमफेदी सडकखण्ड निर्माण कार्य अबको ३ महिनाभित्र सम्पन्न हुने बताएका छन् ।

उक्त सडकखण्डको बुधाबार अनुगमन गर्ने क्रममा मुख्यमन्त्री जम्कट्टेललेयस्तो बताएका हुन् । ।

आफुले प्रदेश सरकारको कार्यभार सम्हाल्दै गर्दा सडक निर्माणलाई पनि प्राथमिकतामा राखेर काम अगाडि बढाएको र २०७७ सालमा निर्माण सुरु गरिएको भीमफेदी सडक संघीय राजधानी र तराई जोड्ने मार्गको रुपमा रहेको जानकारी दिए ।

बागमती प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री युवराज दुलालले विगतमा मुआब्जाको समस्याले निर्माण कार्यमा सुस्त भएपनि स्थानीय जनतासँगको छलफल पश्चात ठेक्का लगाएकाले निर्माण कार्यले तिब्रगति लिएको बताए ।

भैसे भीमफेदी सडकको ८० प्रतिशत काम सकिएको र २० प्रतिशत मात्रै काम गर्न बाँकी रहेसंगै सडक फराकिलो र टेवा पर्खाल, डेन सहित करिव ९५ प्रतिशत काम सकिएको बताए ।

हालसम्म २ किलोमिटर कालोपत्रे निर्माण पनि सम्पन्न भएको समेत बताएका हुन् ।

त्यसैगरी बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले जनताले आफ्नो गाउँ विकास गर्न सरकारलाई सहयोग गरेका कारण सडक निर्माण काम छिटो भएको बताइन् ।

 

बागमती प्रदेश यातायात पूर्बाधार निर्देशनालयका ईञ्जिनियर हरीप्रसाद ओझाले बताए अनुसार अनुमानित लागत ६३ करोड ७० लाख ६५ हजार ४ सय ४७ रुपैंया ५ पैसा रहेकोमा ३८ करोड ७८ लाख ८ सय ९७ रुपैंयामा सम्झौता गराएर काम भईरहेको छ ।

उक्त सडकमा पर्ने पाँच पुल मध्ये ४ वटा निर्माणाधिन अवस्थामा रहेको छ भने एकवटा पुल निर्माण सम्पन्न भईसकेको छ ।

२०७७ साल असार २४ गते ठेक्का लगाएको आयोजनाको दुई पटक म्याद थप थप भएकोमा अब काम अन्तिम चरणमा रहेको ओझाले बताए ।

अनुगमनमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, भौतिक पूर्वाधार विकास मन्त्री यूवराज दुलाल, सामाजिक विकास मन्त्री कुमारी मोक्तान सहित आयोजनाका कर्मचारीहरु समेतको सहभागीता रहेको थियो । र