राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपकबहादुर सिंहले आफुहरु गणतन्त्र भित्रै बसेर गणतन्त्रलाई खोक्रो बनाई आफ्ना बिचारलाई माथि ल्याउने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपाल, मकवानपुरको संयोजनमा राप्रपा मकवानपुर द्धारा हेटौंडामा बुधबार पत्रकार सम्मेलनमा बोल्दै सांसद द्धारा सिंहले यस्तो बताएका हुन् ।
शाहलाई स्वागत तथा अवलोकन भ्रमण मूल समारोह समिति, उपसमिति गठन गरिएको एक हजार एक सय ११ जनाले स्वागत गर्ने शाहले चुरियामाई मन्दिर, लगायतका धार्मिक स्थलमा अवलोकन भ्रमण, पुजा(आराधना गरी पत्रकारसँग भेटघाट गर्ने कार्यतालिका रहेको जानकारी गराइएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पुर्व राजा ज्ञानेन्द्र शाह आउने समेत जानकारी गराउदै अहिलेको व्यवस्थाविरुद्ध पार्टीले काम गर्न लागेको र आन्दोलनले गति लिन साथ संघीय सांसद्बाट पनि राजीनामा दिन पछि नहट्ने सांसद सिंहको भनाइ छ ।
गणतन्त्र वादीहरुले बनाएको संविधानलाई नै टेकेर अहिलेको व्यवस्था विरुद्ध लड्ने गणतन्त्र भित्रै पसेर गणतन्त्रलाई नै खोक्रो बनाउँदै आफ्नो विचारलाई माथि ल्याउने बताएका हुन् ।

















प्रतिक्रिया दिनुहोस्