मकवानपुर जिल्ला खेलकुद विकास समिति र औद्योगिक शान्ति नेपाल संस्था काठमाडौंको संयुक्त आयोजनामा गएको पुष ५ गते देखि बागमती प्रदेशको राजधानी हेटौंडामा वृहत् खेलकुद तथा व्यापार महोत्सव चलिरहेको छ ।

हेटौंडा–१० भुटनदेबी मन्दिर जाने बाटोको चौरमा जारी महोत्सवको बागमती प्रदेशका वन तथा वातावरण मन्त्री मसिना खड्काले उद्घाटन गरेकी हुन् ।

महोत्सवमा करिब २ सय ६० वटा स्टल रहेका छन् भने स्टलमा बिभिन्न घरेलु उत्पादनका सामाग्री, कृषि, पर्यटन, हस्तकला, अटोमोबाइलका सामाग्री लगायत उपभोग्य बस्तुहरु राखिएका छन् ।

महोत्सवमा सांगीतिक प्रस्तुती, खेलकुद प्रतियोगिता, राष्ट्रिय महिला भलिबल प्रतियोगिता भइरहेसंगै नेपालका चर्चित राष्ट्रिय कलाकारको सांगीतिक तथा मनोरञ्जनात्मक प्रस्तुती समेत भइरहेको छ ।

यसै क्रमममा खेलकुद र खेलाडीको हकहित र बिकासका लागि अक्षकोष समेत प्रदान गर्ने सोचमा वृहत् खेलकुद तथा व्यापार महोत्सव गरिएको औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महत बताउँछन् ।

मकवानपुर जिल्ला खेलकुद विकासले खेलकुदर खेलाडीका लागि सहयोग गर्ने भनिएको रकम बचन अनुसार महोत्सवबाट घाटा परोस या नाफा होस जुनसुकै अवस्थामा पनि प्रदान गरिने बताए ।

महोत्सवमै बिभिन्न खेल प्रतियोगिता समेत गरिरहेको र विशेष खेलकुद क्षेत्रकै लागि गरिएको महोत्सव भएकाले अवलोकन गर्नका लागि अनुरोध समेत गरेका छन् ।