मकवानपुर जिल्ला खेलकुद विकास समिति र औद्योगिक शान्ति नेपाल संस्था काठमाडौंको संयुक्त आयोजनामा हुने भनिएको वृहत् खेलकुद तथा व्यापार महोत्सवको तयारी पूरा भएको छ ।
बुधाबार पत्रकार सम्मेलनको आयोजना गर्दै हेटौंडा–१० स्थित टीसीएन खेल मैदानमा पुस ५ गतेदेखि १७ गतेसम्म महोत्सव हुने र तयारी पूरा भएको आयोजकले जानकारी गराएको हो ।
मेलामा करिब २ सय ६० वटा स्टल छ भने पुष ५ गते उद्धघाटन हुने छ भने मेला अवधिभर दैनिकरुपमा खेलकुद प्रतियोगिता नृत्यसहित सांगीतिक प्रस्तुती कृषि, पर्यटन, हस्तकला, अटोमोबाइलका साथै बाल उधान समेत राखिएको छ ।
यसै मेलाका विषयमा मकवानपुर उद्योग वाणिज्य संघले खेलकुद महोत्सव भन्दै फरक बाटोबाट मेला आयोजना हुन लाग्यो भन्दै बिरोध समेत गरेको थियो ।
पत्रकार सम्मेलन गरेर खेलकुदको नाममा गरिएको व्यापार महोत्सव मेला नरोकिए विरोधका कार्यक्रमहरु गर्ने भन्दे गरेपनि मेला सञ्चालनको तयारी अवस्थामा आइपुगेको हो ।
मेला आयोजनाका लागी हेटौडा उपमहानगरपालिकाले सहमती प्रदान गरेको र स्थानीय निकायबाट सहमती भएको समितिका अध्यक्ष वेष खड्कीले बताएका हुन् ।
उनले बताए अनुसार महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गर्नेछन् ।














प्रतिक्रिया दिनुहोस्