मकवानपुर उद्योग वाणिज्य संघले जिल्ला खेलकुद विकास समिति मकवानपुरको आयोजनामा खेलकुद महोत्सबको नाममा व्यापार मेला गरिन लागेको भन्दै बिरोध जनाएको छ ।

मउवा संघको सभाहलमा बुधबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष कृष्ण कुमार अग्रवालले खेलकुदको नाममा व्यापार मेला हुनु स्वभाविक नभएको उल्लेख गरे ।

पत्रकार सम्मेलनमा विज्ञप्ती पत्र सहित सम्बन्धितहरु संग पुगेर मेला रोक्न भनिएको र खेलकरद महोत्सवबो बिरोध नभएर खेलकुदको नाम जोडेर गर्न लागिएको व्यापार मेलाको बिरोध गरिएको बताए ।

निजि कम्पनि संग जोडिएर खेलकुद महोत्सबको नाममा व्यापार मेला गरिए मकवानपुर उद्योग बाणिज्यसंघ आन्दोलनमा उत्रने बताएका हुन् ।

अहिलेको अवस्थामा व्यापार व्यवसाय धरापमा परेसंगै मेला गरेर थप समस्यामा पार्न लागिएकाले खेलकुदका गतिबिधीहरु गर्न र व्यापार महोत्व रोक्नका लागि आग्रह गरिएको अध्यक्ष अग्रवालले बताएका हुन् ।