नारायणी यातायात व्यबसायी कम्पनी प्रा. लि.द्धारा मू.अ.क. मा दर्ता भएका गाडिहरु संचालनमा गतिरोध आएकोले
गाडि धनिको तर्फबाट मू.अ.क.को बिजक पूर्ण रुपमा लागु गर्ने गरी कार्यान्वयन हुने बातावरण तयार गरी दिन अनुरोध गरेको छ ।
नेपाल यातायात व्यबसायी राष्ट्रिय महासंघ आबद्ध नारायणी यातायात व्यबसायी कम्पनी प्रा. लि.द्धारा पत्रकार सम्मेलनको आयोजना गर्दै ट्रकहरुले लामो समय देखी मालसामान ढुवानी गरीरहेको अवस्थामा आर्थिक वर्ष ०८०र ८१ देखि बिना भ्याटमा लोड गरे मात्र मालसामान ढुवानी गर्न पाउने नत्र मालसामान लोड गर्न नपाउने अबस्था श्रृजना भएकाले असहज बातावरण भएको जानकारी गराइएको हो ।
हेटौंडा ११ मा रहेको प्रा. लि.का अध्यक्ष गोकर्ण प्रसाद पराजुलीले पत्रकार सम्मेलन मार्फत बोल्दै सम्बन्धित निकायबाट मू.अ.क.को बिजक शतप्रतिशत लागु गराउने अवस्था नभए गाडि धनि हरुले आन्तरीक राजश्व कार्यालयमा गई मू.अ.क.मा दर्ता गराएका प्रमाणपत्रहरु खारेज गरी दिने ब्यवस्था कार्यान्वयन गर्न अनुरोध गरिएको बताए ।
























प्रतिक्रिया दिनुहोस्