मकवानपुरको बागमती गाउपालिकामा १५ शैय्या रहने सहिद स्मृति आधारभुत अस्पतालको सिल्यान्यास भएको छ ।

गाउँपालिका ५ स्थित ग्रामीण क्षेत्र कोइराला दमारमा बुधाबार आधारभुत अस्पतालको सिल्यान्यास भएको हो ।

करिब १७ करोड ८८ लाख ६१ हजार मा अस्पताल निर्माणको जिम्मा लगाइएको जानकारी गराइएको छ ।

निर्माणको जिम्मा सिवालय विल्डर्श प्रा. लि. काभ्रेले पाएको र २०८२ जेठ २३ गते सम्मा सम्पन्न गर्नु पर्ने सम्झौता रहेको जानकारी गराइएको हो ।

भवन निर्माण कार्य समयमै सम्पन्न गरि स्थानिय सरकारलाई हस्तान्तरण गरिने सिवालय विल्डर्स प्रा.लि. का प्रोपाईटर राजेश गौतमले प्रतिद्धता जनाए।

ग्रामिण क्षेत्रमा पनि स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्य सहित निर्माणको प्रक्रिया अघि बढेकोमा खुसी लागेको प्रमुख अतिथि प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी छिन्तुले बताए ।

ग्रामिण क्षेत्रमा पनि स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्य सहित अस्पताल सिल्यान्यस भई निर्माणको प्रक्रिया अघि बढेकोमा स्थानीय तहमा गुणस्तरीय आधारभूत स्वास्थ्य सेवाको पहुँच सुनिश्चित हुने छिन्तुले बताएका हुन् ।

अस्पताल बने पछि बागमती गाउँपालिकाका साथै काभ्रेको खानीखोला, लालितपुरको बागमती, सिन्धुलीको हरिहरपुरगढी र मरिण गाँउपालिकाका तथा आसपासको जिल्ला र पालिकाको जनताले छिटोछरितो उपचार पाउनेमा विश्वास रहेको गाँउपालिका अध्यक्ष सर्केश घलानले बताए ।

अध्यक्ष सर्केश घलानको सभाध्यक्षता प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामीको प्रमुख आतिथ्यतामा सम्पन्न शिल्यान्यास कार्यक्रममा वडा न. ४ का वडा अध्यक्ष दन्तलाल माझी, वडा न.५ का अध्यक्ष बिजय कुमार भोलन, वडा न. ७ का अध्यक्ष उत्तर बहादुर भोलन, वडा न. २का अध्यक्ष जनक पहरी, बागमती गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलान, वडा नं. ४ का पुर्व अध्यक्ष रहर सिं थिङ, जिल्ला खेलकुद महासंघ मकवानपुरका उपाध्यक्ष तथा नेकपा माओवादी केन्द्र बागमती गाउँकमिटी अध्यक्ष अरुण बल, मनोज बल लगायतको उपस्थिति रहेको थियो ।