उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहित भ्रमण टोलीलाई मकवानपुर उद्योग वाणिज्य संघले स्वागत गरेको छ ।

चितवनका अध्यक्ष चुननारायण श्रेष्ठको नेतृत्वमा आएका १५ सदस्यीय भ्रमण टोलीलाई हेटौंडामा मउवासंघका कार्यवाहक अध्यक्ष अनिल अग्रवाल सहित पदाअधिकारीहरुले आइताबार स्वागत गरेका हुन् ।

भ्रमण टोलीलाई स्वागत गर्दै संघको स्थापना देखि संघले सम्पादन गरेका गतिविधि र मकवानपुर जिल्लाको धार्मिक तथा पर्यटकीय स्थलहरुको बारेमा कार्यवाहक अध्यक्ष अग्रवालले बताए ।

सो्ही विच छलफल गर्दै आर्थिक मन्दीले व्यवसायिक कारोवार निराशाजनक रहेसंगै विदेश पलायन बढाउने चिन्ता रहेको सुनाए ।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले कृषि तथा पर्यटन, मेडिकल सिटीको रुपमा बिकास भएपनि अहिलेको अवस्थामा नेपाल सरकारले निजी क्षेत्रलाई प्रभावकारी बनाउने योजना नबनाउदा चितवनको अवस्था पनि उस्तै रहेको बताए ।

तर पनि व्यवसायीक हकहितका बिभिन्न काम गर्दै हरेक दुई वर्षमा महिला उद्यमी मेला गरिएको र अन्य मेलाहरु पनि नियमित अघि सारिएको
चितवनका अध्यक्ष चुननारायणले बताए ।

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा मउवासंघका निवर्तमान अध्यक्ष कृष्ण कटुवाल, मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष प्रमोद सिंह रानाभाट र महासचिव दिपक उप्रेती संघका सचिव राजाराम कार्की र कार्यसमिति सदस्यहरु उद्योग वाणिज्य संघ चितवनका पूर्व अध्यक्ष कल्याण जोशी, वरिष्ठ उपाध्यक्ष सुमन कुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।