हिन्दुहरुको महान चाड बडा दशैंको शनिबार बिहान फूलपातीका दिनमा धुमधामसंग फूलपाती भित्राइएको छ ।
विजया दशमी शनिबार सप्तमीको दिनमा धार्मिक तीर्थस्थल, मन्दिर क्षेत्रमा विधि पूर्वक देशभरीनै फुलपाती भित्राइएको हो ।
यसैक्रममा बागमती प्रदेशको राजधानी हेटौंडा १०–स्थितं गोरेक्षश्वर मन्दिरमा राखिएको जमरासहित शोभायात्रा नगर परिक्रमा गर्दै भुटनदेवी मन्दिरमा फूलपाती भित्राइएको छ ।
उक्त मन्दिरमा नेपाली सेनाको म्याउली बाजा, नेपाल प्रहरीको ब्याण्ड बाजा, स्वर्गद्वारी महिला पञ्चेवाजा, झाक्री, सहित फूलपातीले श्रृंगारीएको डोली शोभायात्राले नगर परिक्रमा गर्दै फूलपाती भित्राइएको भूटनदेवी मन्दिर व्यवस्थापन तथा धार्मिक पर्यटन विकास समितीका अध्यक्ष राम मान श्रेष्ठले बताए ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेढाई, बागमती प्रदेशका डिआइजी किरण राणा, मकवानपुर प्रहरी प्रमुख एसपी सीताराम रिजाल, हेटौंडा उपमहानगर टोलविकास नगर समन्वय समिति, टोलविकास वडा समन्वय समिति, टोलविकास समिति, धार्मिक एवं गैरसरकारी संस्थाका व्यक्तीत्व, राजनीतिक दलका प्रतिनिधिहरु, धार्मिक व्यक्तीत्व लगायतको सहभागताी रहेको थियो ।

















प्रतिक्रिया दिनुहोस्