हेटौंडा उपमहानगरपालिका बजारक्षेत्रमा रहेका मापदण्डविपरित निर्माण गरिएका संरचना भत्काउन सुरु गरेको छ ।
उपमहानगरको बजारक्षेत्रमा रहेका सडकपेटीमा हिँड्ने पैदलयात्रुलाई असहज हुने गरी राखिएको सामग्री मापदण्डविपरित बनाइएका ट्रसका संरचना हटाउन सुरु गरेको हो ।
नगर प्रहरी प्रमुख नेत्रप्रसाद ढकालको कमाण्डमा सोमबारदेखि मापदण्ड विपरितका संरचना भत्काउन सुरु गरेको हो ।
विशेषगरी बजार क्षेत्रका पसल तथा व्यावसायिक संस्थाले सडकपेटीमा पैदलयात्रुलाई हिड्नै असहज हुने गरी राखिएको सामाग्री हटाई मापदण्डविपरित बनाइएका ट्रसका संरचना भत्काउने कार्य गरिएको नगर प्रहरी प्रमुख ढकालले बताए ।
उद्योग वाणिज्य संघ अगाडिबाट सुरु गरिएसंगै मंगलबार पनि सो क्रमलाई जारी राखिएको हो ।














प्रतिक्रिया दिनुहोस्