बागमती प्रदेशको राजधानी हेटौंडामा जारी बुधाबार ११ गतेदेखि जारी ‘१० औँ राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०७९’ मा मेला समापन भएको छ ।
मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा हेटौंडा १० टिसिएन चौरमा जारी महोत्सवको आप अन्तिम दिन चर्चित गायिका रचना रिमालको सांगीतिक प्रस्तुतीसंगै व्यापार महोत्सव समापन भएकोहो ।
महोत्सवको अन्तिम दिन रचना रिमालको प्रस्तुतीमा रमाउन दर्शकहरुको घुईचोँ लागेको थियो ।
रिमालले फोटो फिरेममा, उनको प्रिती पहिले होकी मेरो प्रिती पहिले, सम्झिनी पानी छम्किनी, मिनिरल वाटर लगायतका चर्चित गीतहरु प्रस्तुत गरेकी थिइन् ।
भरिभराउ दर्शकहरु थिए भने सांगीतिक प्रस्तुतीमा रमाउदै नचेका थिए ।
त्यस्तै गायक तथा संगीतकार चेतन सापकोटाले पनि आफ्नो सांगीतिक प्रस्तुती दिदैं दर्शक नचाएका थिए ।
१३ दिन सम्म सञ्चालित महोत्सव आज अन्तिम दिन भएकाले पनि सामान खरिद गर्नेहरुको निकै भीड रहेको थियो भने एक लाख भन्दा अधिक दर्शकहरुले महोत्सवको अवलोकन गरेको अनुमान अनुमान आयोजकको छ ।
महोत्सवको समापन कार्यक्रममा संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको सभाध्यक्षता तथा बागमती प्रदेश सभामा सभामुख भुवन कुमार पाठकको प्रमुख आतिथ्यता रहेको थियो ।
महोत्सवमा हेटौंडा आइडल डान्सिङ स्टार, जुम्लाको मार्सी चामल, केराको परिकार, मकवानपुरगढीको रैथाने बाली कोदोको पिठो बाट कोदोको विष्कुट, निमकिन, पोखराको खुवा, नेपाल टेलिकमको फ्री सिमकार्ड, हिमाली भीरमौरीको मह, भोजपुरे खुकुरी, प्राचीन हस्तकलाको झ्याल, ढोका, पुस्तक प्रदर्शनी, आइसगोला र मकवानपुरे आइसक्रिम, ल्यापटप एवम् मोवाइलको फ्रि सर्भिससिङ, मोडुलर किचेन, टाटा, सिजीका विभिन्न किसिमका इलेक्ट्रिक गाडीहरु, बालबालिकाको लागि फन पार्क, स्थानीय एवम् राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुती, डाक्टरहरुबाट निःशुल्क स्वास्थ्य शिविर, क्यारियर काउन्सिलिङ र दैनिक उपभोग्य वस्तुहरुसमेत विक्री वितरण भएकोे थियो।














प्रतिक्रिया दिनुहोस्