बागमती प्रदेशको राजधानी हेटौंडामा  मकवानपुर अद्योग वाणिज्य संघको आयोजनामा  १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सव 2079 को तयारी तिब्रगतीमा हुँदै छ ।

 

“विकासको पूर्वाधार, उद्योग र व्यापार” भन्ने मूल नारा बोकेको  व्यवसायीक हरुको छाता संगठनको आयोजनामा आगामी माघ ११ गतेदेखि २३ गतेसम्म चल्ने महोत्सवको लागी हेटौंडा १० टिसिएनको चौ्रमा तयारी गरिदै छ ।

पछिल्लो समय  लामो समयदेखि बिभिन्न कारणले आयोजना गर्न नसकिएको व्यापार महोत्सव  गर्न लागीएको हो ।

महोत्सवमा  झाँकीसहितको  बृहत सोभा यात्रा,  राष्ट्रिय, अन्तर्राष्ट्रिय उत्पादन र सेवाहरूको बृहत व्यापार मेला,  कृषि प्रदर्शनी, स्थानीय मौलिक वस्तुहरुको प्रदर्शनी,  पर्यटन प्रवर्द्धनका विविध कार्यक्रम गरिने संघले जनाएको छ ।

संघले जनाए अनुसार स्थानीय तथा राष्ट्रिय कलाकारहरु द्वारा मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम,  दैनिक निःशुल्क स्वास्थ्य शिविर, हस्तकला प्रदर्शनी, मनोरञ्जनात्मक बाल उद्यान शैक्षिक पर जम्मा, अटो, खाता तथा सांस्कृतिक मेला, आई. टी. सूचना प्रविधि मोबाइल तथा कम्प्यूटर, स्वदेशी जुत्ता उद्योगहरुको उत्पादन प्रदर्शनी गरिने छ ।

२०७९ माघ ११ देखि २३ गतेसम्म चल्ने मेला अवलोकनका लागी  बिहान १० : ०० बजेदेखि साँझ ७ :00 बजेसम्मको समय छुट्याइएको छ ।

सहआयोजक  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, बागमती प्रदेश  संस्कृति तथा पर्यटन मन्त्रालय, बागमती प्रदेश   त्यसतै गरि  नेपाल इकरात इन्जिनियरिङ्ग कम्पनी प्रा. लि. हेटौंडाले लोगो र शौयं सिमेन्ट इण्डष्ट्रिज लि.द्धारा टिकट प्रायोजन गरेको हो ।

०५७-५२०३१० ५२३३१०,  ९८५५०७०११० मा सम्पर्क गर्न सकिने छ ।