हेटौंडा उप महानगरपालिका ४ स्थित कर्रा गर्दोही सडक स्तरीकरण हुने भएको छ ।

पुस २७ गते सडक स्तरीकरणको लागि उपमहानगरले बोलपत्र आव्हान गरेको वडाध्यक्ष नवीन सिग्देलले बताएका हुन् ।

कर्रा,गर्दोही खण्डको गर्दोही चौकदेखि सूर्य चौकको उकालोसम्म ३ सय ९० मिटरमा दूवै तर्फ ढल, कर्भ स्टोन, स्लोप डेन, अस्पाल्ट पीच सडकको बीचमा रहेको विजुली पोल समेत व्यवस्थापन गर्ने गरि वोलपत्र आव्हान गरिएको वडाध्यक्ष सिग्देलले बताए ।

यसै प्याकेजमा पशुपती मन्दिर पूर्वी क्षेत्रका तीन वटा सडक ५ सय २५ मिटर अस्पाल्ट पीचको समेत समावेश भएको र वडा सिलिङ्गबाट १ करोड ४५ लाख र वडामा विनियोजित संगै अन्य रकमसहित भ्याटसहित करिव २ करोडमा सडक निर्माण हुन लागेको वडाध्यक्ष सिग्देलले जानकारी दिएका छन् ।

उनले यसअघि गर्दोही चौकदेखि पूर्वतर्फ भैरवरोडसम्म सडक स्तरीकरण भईसकेको र सूर्य चौकदेखि कर्रासम्मको सडक खण्ड आगामी आर्थिक वर्षमा निर्माण कार्य अगाडि बढाईने बताए ।

बजारको मूख्य क्षेत्रको सडक भईकन वर्षोदेखि जिर्ण रहेको सडकको स्तरीकरणपछि स्थानीय बासिन्दासहित मकवानपुरको पूर्वी क्षेत्रका आम जनताले लाभान्वित हुनेछन् ।