मकवानपुरको थाहा नगरपालिका सूचना प्रविधिको प्रयोग र यस क्षेत्रमा नवीनतम कार्यहरु संचालन गरेकोमा पुरस्कृत भएको । जिल्ला समन्वय समिति ९जिसस० मकवानपुरको आर्थिक वर्ष २०७८र०७९ को जिल्लास्तरीय वार्षिक समीक्षा कार्यक्रमको अवसरमा ११ असोजमा हेटौंडामा थाहा नगरपालिकालाइृ सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी तथा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले नगरपालिकालाई सम्मान पत्र वितरण गरेकी हुन् । पालिकाको तर्फबाट नगर प्रमुख विष्णु विष्ट, प्रमुख प्रशासकीय अधिकृत होमनाथ काफ्ले र सूचना अधिकारी सुरजकुमार भुजेल सहभागी थिए ।

 

जिल्ला समन्वय समितिले जिल्लाका अन्य विधामा पनि पुरस्कृत गरेको छ । जिससले सामुदायिक विद्यालयमा सञ्चालित ईसीडी तर्फ बकैया गाउँपालिकाको शंखरेश्वरी प्रावि, कर्मचारी तर्फ पनि बकैयाँ गाउँपालिकाका अनमी सर्मिला जिम्मा र भीमफेदी गाउँपालिकाका लेखापाल तोयानाथ तिवारी र जिल्ला समन्वय समिति मकवानपुरका कार्यालय सहयोगी सोममायाँ स्याङतानलाई सम्मान गरिएको थियो ।

हेटौंडाका समाजसेवी सिद्धीलाल श्रेष्ठ, महिला तर्फ बबीता बानियाँ जिल्ला समन्वय समितिबाट सम्मानित भएका छन् । यस्तै सहकारी तर्फ मकवानपुरगढी स्थित मनकामना दुग्ध उत्पादक सहकारी संस्था, महिला मिलन बचत तथा ऋण सहकारी संस्था, कृषित तर्फ थाहा नगरपालिका स्थित झम्केश्वरी कृषि समुह पालुङ र हेटौंडा–१६ कि गीता कृषि फार्मकी सञ्चालक गीता रेग्मीलाई सम्मान गरिएको छ भने गैरसरकारी संस्था तर्फ सिवीन नेपाल, राडो नेपाल र माइती नेपाललाई सम्मान गरिएको निमित्त जिल्ला समन्वय अधिकारी सुनिता कुमारी गजुरेले बताइन् ।