नेकपा माओबादी केन्द्र बागमती प्रदेशका उपाध्यक्ष एबम् ५ दलिय गठबन्धनको मकवानपुर तर्फबाट क्षेत्र नम्बर १ को (क) प्रदेशसभा सदस्य उम्मेदवार प्रेम बहादुर पुलामी “छिन्तु” ले विकासमा अधुरा रहेको काम पूरा गर्न आफ्नो उम्मेदवारी रहेको
बताएका छन् ।
उनले नेकपा एमालेका केपी ओलीले सरकार संसद र र व्यवस्था नै ढालेर प्रतिगामी कदम चाल्ने भएले गठबन्धन गर्नु परेको र जित पक्का रहेको बताए ।
विकास गरेर समृद्ध मुलुक बनाउने सपना ढालेपछि बार्दलीमा बसेर कुर्लनु परेको उल्लेख गर्दै सधै जनताको साथमा बसेर काम गर्ने बताएका हुन् ।
गाउँ टोल वडा वडामा पुगी पार्टी नीति गरेका काम अधुरो योजना सुनाउदै एमालेको प्रतिगामी षडयन्त्र भएको र कु र्को विरुद्ध गठबन्धनको उम्मेदवार जिताउन आग्रह गरे ।
क्षेत्रको विकास, शिक्षा स्वास्थ्य र भूमिहीन हरुको भूमि प्राप्तिको लागि भूमिका रहने बताउदै संघ र प्रदेशमा मन्त्रालयगत बजेट मा समेत पहुँच हुने र विकासका लागि समस्या नहुने प्रतिवद्धता जनाए ।
सम्पूर्ण गठबन्धनको जीत सुनिश्चित गर्ने बेला भएको र मुलुकमा समृद्धका लागि गठबन्धनका उम्मेदवार जिताउन जरुरी रहेको बताएका हुन् ।
छिन्तुले भने “ढुक्क भएर सबैले गठबन्धनको साझा उम्मेदवारलाई चुनाव चिन्ह रुखमा मतदान गर्दा हँसिया र कलममा मतदान गर्दा हथौडा सम्झेर मतदान गरौं र विजयी गराऔं ।”



















प्रतिक्रिया दिनुहोस्