आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी लोकतान्त्रिक बाम गठबन्धनले मकवानपुरको क्षेत्र नम्बर १ स्तरीय कार्यकर्ता भेलाको आयोजना गरेको छ ।
बुधबार हेटौंडामा क्षेत्र नम्बर १ का प्रतिनिधि र प्रदेशसभा सदस्यका उम्मेदवारहरु सहित कार्यकर्ताहरुको भेला गरिएको हो ।
भेलालाई सम्बोधन गर्दै गठबन्धन दल नेकपा एकीकृत समाजवादीका तर्फबाट क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विरोध खतिवडाले नेकपा एमालेका अध्यक्ष केपी ओलीले २, २ पटक संसद भङ्ग गरेको बताउदै कम्युनिष्ट आचरण र सिद्धान्तनै छोडेको आरोप लगाएका छन् ।
उनले जनताकै लागि आन्दोलन गरेको दल भएको र २०३६, ४६, ६२ सालमा उल्लेख गर्दै ४६ सालमा पञ्चायत व्यवस्थाको र ६२ गणतन्त्रको लागि राजा ज्ञानेन्द्रको विरुद्धमा आन्दोलन गरिएको बताए ।















प्रतिक्रिया दिनुहोस्