मंसिर ४ गत हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि माहोल तात्यिसंगै अ आफ्नो पक्षको तर्फबाट चुनावी प्रचार प्रसारमा खटिन सुरु गरेका छन् ।

मकवानपुरमा पनि उम्मेदवारी दिएकाहरुले आफ्नो पक्षबाट चुनावी प्रचार प्रसार सुरुगरिसकेका छन् ।

यसैक्रममा नेकपा एमाले इन्द्रसरोवर गाउपालिका पार्टी कमिटीको बैठक तथा निर्वाचन परिचालन कमिटी घोषणा कार्यक्रममा बोल्दै  मकवानपुर क्षेत्र नम्बर–२ मा नेकपा एमालेका उम्मेदवार महेश कुमार बर्तौलाले पनि आफुले गर्ने कार्य योजनाका कुरा गर्दै उम्मेदवारी दिएको बताएका छन् ।

मकवानपुरको थाहानगरपालिका वडा नम्बर–२ मा नेकपा एमाले वडा कमिटीको आयोजनामा भएको भेटघाट कार्यक्रममा बोल्दै बोल्दै चुनाव जितेपछी जनताको सेवक भएर काम गर्ने बताएका हुन् ।

जनताको शिक्षा, स्वास्थ्य, पुर्वाधार बिकासको काममा जिम्मेवारी पुर्वक भ्रष्टचार शून्य गर्न आफु अग्रस्थानमा रहेर जनताको गुनासो नहुने गरेर काम गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा बागमती प्रदेशका पुर्व मुख्यमन्त्री डोरमणि पौडेलले पटक पटक निर्वाचन जितेर गएपनि केहिले पार्टी फुटाएर सरकार गिराएको अरोप लगाएका छन् ।

उनले भने उनीहरुलाई होइन अब सुर्यमा मतदान गरि एमालेलाई जिताउनुहोस् ।