आगामी मंसिर ४ गतेको चुनावलाई सम्बोधन गर्दै बागमती प्रदेशकी सामाजिक विकास मन्त्री एबम् गठबन्धनको मकवानपुर तर्फबाट क्षेत्र नम्बर २ को क प्रदेशसभा सदस्य उम्मेदवार कुमारी मोक्तानले आफ्नो दलको उपस्थिती संझेर गठबन्धनमा मत हाल्न आग्रह गरेकी छन् ।
आइताबार मकवानपुर गढीगाउँपालिकामा गठबन्धन दलको संयुक्त सम्पर्क कार्यालय उद्घाटन गर्दै मोक्तानले यस्तो बताएकी हुन् ।
उनले मकवानपुरको सबै क्षेत्रमा ५ वटै दलको उम्मेदवार भएको र ५ वटै दलहरुको तर्फबाट उम्मेदवार भएको बताइन् ।
मंसिर ४ गतेको चुनावलाक्षित कार्यक्रमलाइनै सम्बोधन गर्दै सामाजिक बिभेदको अन्त्य गर्दै जनताको लागि जनताले नै संबिधान बनाएको र यहि संबिधानको रक्षाको लागि गठबन्धनको आबश्यक्ता रहेको जिकिर गरिन् ।
जनताले नै बनाएको संबिधान रक्षाको लागि गठबन्धनकै जित आवाश्यक भएको मन्त्री मोक्तानले बताईन् ।
रगतसंग साँटेर ल्याएको व्यवस्था परिवर्तन सम्भब भएको र अबका दिनमा अवस्था परिवर्तनमा गठबन्धआफ्नो पार्टी र आफु पनि सधै लागिपर्ने उनको भनाई छ।














प्रतिक्रिया दिनुहोस्