हेटौंडा उपमहानगरपालिका वडा नम्बर –२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलमा ३ कक्षाका अध्यनरत विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रमको प्रस्तुत गरेका छन् ।

शुक्रबार बिद्यालयको आयोजनामा कक्षा ३ को हाम्रो सेरोफेरो विषयअन्तर्गत हाम्रो संस्कृति विषयमा केन्द्रित रहेर विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका हुन् ।


आयोजित कार्यक्रममा कार्यक्रममा विद्यार्थीले उद्घोषण, वाद्यवादनको प्रस्तुती संगै संस्कृति र परम्परा अनुसार विभिन्न जातजातिको मौलिक पोशाक लगाएर नृत्य, गायन र नाट्य कला प्रस्तुत गरेका थिए ।

विद्यार्थीको कला अवलोकनका लागि उक्त कार्याक्रममा कक्षा ३ का विद्यार्थीकै अभिभावकहरुको समेत उपस्थिति रहेको थियो ।


सोही क्रममा विद्यालयका प्रिन्सीपल विनोद सुबेदीले पाठ्यक्रममै मात्र सिमित नराखी सामाजिक व्यवहार सिकाउन जरुरी रहेको बताए ।
उनले अहिलेको अवस्थामा बालबालिका प्रबिधिको प्रयोगमा व्यस्त रहने र बाहिरी कुरा केहो त्यता तर्फ ध्यान दिन बिर्सेकाले सामाजिक व्यवहारमा पछि पर्ने पाईएको उल्लेख गरे ।



उनले भने “अहिलेको समयमा आफ्ना बालबालिकालाई उपभोग गर्ने आवाश्यक भन्दा बाहिरका बिभिन्न समाग्री किनेर दिने गर्छौं । सबैभन्दा अलग देखियोस् निरन्तर यस्ता कार्य गर्दै जान्छौं । साना हुंदा ठिकै हुन्छ । तर, ११ – १२ वर्ष पार भएपछि बालबालिकाको आकांक्षा बढ्दै जान्छ । अनि संसकृतिनै बिर्सन्छन् । त्यतीबेला व्यवहारीक कुरा न बुझ्छन् न भनेको मान्छन् । त्यतीबेला सोही कुराको बानी परेको हुन्छ । त्यसैले सानै हुदानै आवाश्यकक्ता भन्दापनि आवाश्यक क्रामा जोड दिने र व्यवहारीक ज्ञान दिन लागौं ।”

















प्रतिक्रिया दिनुहोस्