हेटौडा असोज ७ गते शुक्रबार अर्थात् ९सेप्टेम्बर २३ तारिखमा राइटपाथ करियर काउसलिङको अब्रोड स्टडी सेमिनार सञ्चालन हुने भएको छ ।

पछिल्लो समयमा नेपाली विद्यार्थीहरू अध्ययन गर्न विदेशको युके र क्यानडा जाने भएकाले नै सेमिनार आयोजना गरिएको राइटपाथले जनाएको छ ।

हेटौंडा स्थित सिमा होटलमा युके र क्यानडा लगायत गन्तव्यहरू बाट आउने प्रतिष्ठित विश्वविद्यालयका प्रतिनिधिहरूले नेपाली विद्यार्थीहरूका जिज्ञासा समाधान गर्ने गरि उक्त सेमिनार हुने भएको हो ।

सेमिनारमा युके र क्यानडा बाट १५ भन्दा बढी विश्वविद्यालयहरूको सहभागिता रहने छ ।

एड्भोयको बृहत् कोर्सहरूको सूचिबाट आफूलाई उपयुक्त हुने कोर्स छनोट गर्ने अवसर पनि विद्यार्थीले पाउनेछन् भने विद्यार्थीहरूले विश्वविद्यालयका प्रतिनिधिहरू बाट परामर्श सहित शीघ्र अफर लेटरको सुविधा र स्पट एसेस्मेन्ट, थप छात्रवृत्ति पाउनेछन् ।