हेटौंडा–बागमती प्रदेशको राजधानी हेटौंडामा किराँत देवास राई उत्थान समाज नेपालले शनिवार पाँचौँ राष्ट्रिय सम्मेलन तथा अधिवेशनको पहिलो दिन शनिवार सम्पन्न गरेको छ ।

आइताबार बन्दसत्र सुरु हुनेछ भने समाजको नयाँ कार्यसमिति चयन हुने समेत जनाइएको छ ।

अधिवेशनको पहिलो दिन शनिवार झाँकीसहितको र्यालीले हेटौंडा बजार परिक्रमा गरेको थियो ।

कार्यक्रममा किराँत राईको मौलिक गीत तथा नृत्य प्रस्तुत लगायत बिविध कार्यक्रम गरिएको थियो ।

समाज नेपाललको आयोजनामा शनिबारबाट हेटौंडामा सो कार्यक्रम गरिएको हो ।

समाजका केन्द्रीय अध्यक्ष आस्मान राईको सभाध्यक्षता बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाको प्रमुख अतिथ्तामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै उपस्थित अतिथिहरुले समूदायको हितका लागि समाजमा भेदभावपूर्ण व्यवहार कायम गर्न हरेक कोणबाट तीनै तहका सरकारले विशेष योजना ल्याई कार्यान्वयन गराउन जिम्मेवार हुनुपर्ने बताए ।

नेपालमा अनेक जातजाति, भाषाभाषी, वर्ण, लिङ्ग र सम्प्रदायका मानिसहरु बसोबास गर्दै आएपनि एक आपासमा भाइचाराको आत्मिय सम्बन्ध रहेको बताएका हुन् ।

कला, भाषा, संस्कृतिको धरोहर रहेको र नेपालको संस्कार विश्वमै उत्कृष्ट भएको उल्लेख गरेका हुन् ।

यसैक्रममा हेटौंडा–बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले समावेशीता, समानता एवम् मौलिक अधिकारलाई संविधानले दिएपनि कार्यान्वयन हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे ।
उनले सरकारले आदिवासी जनजातिको भेषभुष, भाषा र संस्कृतिमा विशेष ध्यान दिनुपर्ने उल्लेख गरे ।

प्रदेश सरकारले भाषा आयोग गठन गरेको स्मरण गराउँदै जनजातिहरुको भाषा तथा लिपीको विकास गरिने बताएका हुन् ।
कार्यक्रममाकिराँत राई यायोक्खाका केन्द्रीय महासचिव जनक राई, समाजका उपाध्यक्ष श्याम राई, महासचिव प्रेम राई, जिल्ला शाखा अध्यक्ष बद्रि बहादुर राई, सिन्धुलीका समाजसेवी छत्रबहादुर राई लगायतको उपस्थिति रहेको थियो ।
बिभिन्न जिल्लाका बाट आएका हुन् ।