हेटौंडा । हिन्दू नारीहरूको महत्वपुर्ण चाड हरितालिका तिजलाई बिभिन्न स्थनजमा हर्षोल्लासका साथ मनाएका छन् ।
यसैक्रममा बिभिन्न स्थान संगै हेटौंडा ४मा रहेको पशुपति मन्दिरमा तिज मनउदै पुजा गर्न आउनेहरुको भिडमभिड थियो ।
आफू जन्मेको घर, माता,पिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन विताउँदा आउने माइतिको यादलाई कमी गर्ने एउटा अवसरको रूपमा पनि तीज पर्वको महत्व बनेको पशुपति मन्दिरमा आउने दिदीबहिनीहरूले बताएका थिए ।
विशेष विवाहित नारीहरु माइती आउने र माइतीमा बाबु आमा,दाजुभाइ छोरी चेलीको सुाथमा बसेर मीठा मीठा परिकार खाने मनका भावना एवं सुखदुख साटासाट गरि मनाउने गर्दै आएका हुन् ।
























प्रतिक्रिया दिनुहोस्