कैलाली धनगढीका मदन पुरस्कार विजेता रामलाल जोशीको नयाँ कृति “बाआमा” भदौ १७ गते देखि पढ्न पाइने भएको छ ।
सुदूरपश्चिम परिवेशका सीमान्त समुदायका कथा बनाउँदै आइरहेका २०७२ सालमा प्रकाशित पहिलो कथासंग्रह ‘ऐना’ का लेखक जोशीको कृति बाआमा भदौ १७ गते विमोचन हुने छ।

सृजनात्मक १२ कथा र उपकथाहरूको आख्यान बाआमा भदौमा पढ्न पाइने भएको छ ।
कैलालीको धनगढीका साहित्य साधना गर्ने आख्यानकार रामलाल जोशीले सुदूरपश्चिम परिवेशका सीमान्त समुदायका छर्लङ्ग पारेर सिर्जनाले सशक्त रुपमा पस्किरहेका छन् ।
सुदुर पश्चिम धनगडीका सहित्यकार रामलाल जोशी ‘विद्याकी रानी’ भन्ने बाबाको कविताबाटै प्रेरणा मिलेपछि साहित्य लेखनमा प्रवेश गरेर सत्य र त्थ्यलाई शब्दले चित्रण गर्दै देशको भुगोल र भुगोल भित्र समाजमा भएको यर्थाथलार्ई शब्दमा छर्लङ्ग पारेर उतार्ने गर्छन् ।
नेपाली साहित्यको बहुबिद्यामा कलम चलाउने व्यक्ती सुदुर पश्चिमको डोटीमा जन्मिएका स्नाकोत्तर शिक्षा हाशिल गरेका जोशी शिक्षण पेशानै त्यागेर बदलिन नसकेको समाज अनि समाजको परिभेषलाई जस्ताको त्यस्तै छर्लङ्ग परेर “ऐना” लिएर आए ।
२०७२ सालमा प्रकाशित पहिलो कथासंग्रह ‘ऐना’मा सुदूरपश्चिमेली भेगका बादी, दलित, थारु लगायत किनारीकृत समुदायका पीडालाई कथामा उतारेका थिए ।
सेही ‘ऐना’ले उनलाई २०७२ सालको मदन पुरस्कारको विजेता गरायो ।
२०७५ सालमा सीमान्त थारु समुदायको कथा भित्रको कथा एक कमलरी युवतीको संघर्षको कथा समेटेर ‘सखी’ लिएर आए ।
“ऐना” र “सखी” ले समाजको बेथिति अवस्था मानिसको बाध्यताले बिथोलिएँ संगै आँखाका पानी बगाएकै हो ।
केही समय अघि २०९ औं भानुजयन्तीका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारका तर्फबाट प्रदान गरिने भाषा, साहित्य पुरस्कार रु.७५ हजार राशी सहित प्राप्त गर्न सफल भए ।
कृति प्रकाशनकालागि समर्थन गरेको नेपालको एक प्रतिष्ठित प्रकाशन गृह बुकहिलका अध्यक्ष भुपेन्द्र खड्काले पनि लेखको यर्थाथ बयान गरेका छन् ।
अध्यक्ष मात्रै नभएर गीतकार, कवि, लेखक, साहित्यका धरोहर भुपेन्द्र खड्का लेखकलाई पात्र बनाएर “बाआमा” का विषयमा बोलीरहेका हुन्।
चार वर्षपछि पुनः नयाँ सिर्जना ‘बाआमा’ लिएर आउन पाउनु सबैको साथ सहयोग सर्मथनको नतिजा भएको बताउछन् ।
…………………………..
२०५७ सालमा गजल संग्रह “हत्केलामा आकाश” प्रकाशन गरेका जोशीले २० वटा कथाले भरिएका “ऐना” मा आरम्भ, खेल, रंगमञ्च, नायक, पर्दा, पापीघाट, मध्यान्तर, तस्विर, सृेतीको सुस्केरा, कालीको गित, एउटा भोकको अन्त्य, भर्जिन कथा, मुक्ती, यर्थाथ भ्रम, श्रीमान विरबहादुर, श्रीमती जुगुनु देबी, साईबर सेक्स, दियो जलिरहेछ, खुटियाको काख र सम्पत्ति जस्ता कथाहरु समेटिएको कथा संगह्र लिएर आए ।
सुदुरपश्चिमाञ्चल साहित्य समाज,नेपाली लेखक संघ लगायत बिभिन्न संघ संस्थामा आवद्ध जोशीले पहलमान सिंह स्वार प्रतिभा सम्मान२०६८ राष्ट्रिय प्रतिभा पुरस्कार २०७३मा प्राप्त गरेका थिए ।
………………………………..
आफ्नो नयाँ सिर्जना पाठकको हातमा पुग्दै छ भन्ने कुराले निकै उत्साहित भएको उनको भनाई छ ।
यसअघिका कृति ‘ऐना’ र ‘सखी’लाई भन्दा धेरै माया पाउनेमा आशाबादी रहेको बताए ।
‘सखी’ लेखिसकेपछि निकै स्थानमा भ्रमण गरेर विभिन्न धर्मशाला, वृद्धाश्रम आदिका अवलोकन गर्दै जाँदा धेरै कुराले पिरोलेको अनुभव लिएर केही आफ्नै अनुभव संगै स्वैरकल्पनाको उडान भरेको जोशीको भनाई छ ।
‘बाआमा’ पनि सीमान्तहरूकै कथा भित्रको कथामा उमेरले किनारीकृत बनाएकाहरूको कथा ‘बाआमा उपन्यास भएको बताएका छन् ।
लेखक जोशी भन्छन् “बाआमा हरेकका लागि संवेदनाको कुरा हुन्छ ।पहिला–पहिला सन्तानहरू बाआमासँग मर्ने बेलासम्म सँगै भएतापनिअहिलेको समयमा प्राय एक्लिएको कथा । कैयौका सन्तान सहरमा , कसैका विदेशमा कोही बिदेशी नागरिक बनेपछि बुढेसकालमा किनारीकृत हुन्छन् । उनीहरू सन्तान, नातिनातिना, नातेदार आदिको अगाडि मुस्कुराइरहदा पछि विवशता बन्छ । मान्छेलाई सम्बन्धहरूले कती दुःखी बनाउँदै छ ? पारिवारिक सम्बन्धले कर्म गरेपनि पीडामा परिणत सन्तान, श्रीमती आदिको तडपमा भएको पीडाबोध । प्रायःजसो मायापिरती, जवानीको कथा लेखिने समयमा विवशताको उमेरले सीमान्त बनाएकाहरूको कथा कमै लेख्छौँ । वृद्ध वृद्धाहरुको सुखमय समय फर्काउन नसकेपनि उनीहरूको विवशतालाई हामीले बुझ्न र साथ दिन सक्छौँ भन्ने मेरो बुझाई हो। ”
उनि भन्छन “प्रथम गुरु बाआमादेखि जीवनको प्रत्येक पाइलाका गुरुहरूप्रति सादर नमन गर्दै प्रिय पाठकहरु समक्ष भदौ १७ गते सबैको हातमा ‘बाआमा’हुने छ । मलाई साथ दिनुहुन अनुरोध छ ।”

















प्रतिक्रिया दिनुहोस्