बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिका १० बसपार्क क्षेत्रमा रहेका व्यवसायीकहरुले सार्वजनिक सौचालयको फोेहोरले तनाव भोग्नुपरेको भन्दै गुनासो गरेका छन् ।

वडा नम्बर १० स्थित बसपार्कमा रहेको सार्वाजानिक सौचालयमा बिभिन्न जिल्लाबाट आउने यात्री देखि व्यवसाय गरिरहेका महिला र पुरुषहरु सार्वाजानिक सौचालयमा जाने गरेका छन् ।

बसपार्क क्षेत्रमा रहेको सौचालयको पछिल्लो भागमा फोहोर बाहिरनै बगेर दुर्घन्धित र कुरुप बनाएको छ ।

होटल तथा तरकारी व्यवसायीहरु सौचा गर्न भनेर सोही स्थानमा जाने गरेका छन् नै सौचालयमा एकातिर महिला र अर्कोतिर पुरुषहरुको लागि सौचको व्यवस्था गरिएको भएपनि मुख्य प्रवेस स्थानमा पर्दाले छेकेर काम चलाईएको छ ।
अव्यवस्थित सौचालय र बगेको फोहरको दुर्गन्धले व्यवसायमा मार परेको बताउदै ततकाल समस्या समाभान गरिनुपने स्थानियहरु बताउछन् ।

कोरोना माहामारकिा समयमा पनि निकै समस्या भोग्नुपरेको र सरोकारवालाहरुले लिनुपर्ने कर, लगायत रकममा कुनै छुट नदिने तर, गर्नुपर्ने काममा भने चासो नभएको उनिहरु बताउछन् ।
उनिहरु भन्छन् सार्वाजानिक सौचालयमा तोकएको मासिक रुपैयाँ सुल्क पनि तिर्ने गरेका छौं। तर, पनि हामी काम गर्नेलाई निकै समस्या भयो । यो दुर्गन्धले हैजा लाग्न सक्ने सम्भावाना छ । सबै कार्य सम्पन्न गर्न समय लागेपनि तत्काल भएको बहिरी फोहोरको समस्या समाधान गरियोस् ।

यसै विषयमा हेटौंडा उपमहानगरको मेयर मिना लामाले सुबिधायुक्त सार्वजनिक सौचालय निमार्ण गरिने बताएकी छन् । यस विषयका लागि अग्रसर भएसंगै समस्या समाधान तत्काल गरिने बताएकी हुन् ।